गण्डकी प्रदेश सरकारले सहकारी संस्थाबाट दूध बिक्री गर्ने किसान लाई दियो तीन करोड “नौ लाख छ हजार अनुदान”
- श्रावण २४, २०८१ मा प्रकाशित
कासिन न्यूज, काठमाडौं –
गण्डकी प्रदेश सरकारले दुग्ध उत्पादक किसानलाई आर्थिक वर्ष २०८०/८१ मा दूध उत्पादनका आधारमा रु तीन करोड नौ लाख छ हजार अनुदान प्रदान गरेको छ ।
कृषि तथा भूमि व्यवस्था मन्त्रालय मातहतको पशुपक्षी तथा मत्स्य विकास निर्देशनालयले प्रदेशका ११ जिल्लाका ८५ स्थानीय तहमा उत्पादनमा आधारित प्रोत्साहन सहयोग कार्यक्रम सञ्चालन गरिएको जनाएको छ ।
सरकारले ६४ सहकारी संस्थाबाट १३ हजार नौ सय ६१ मेट्रिक टन दूध उत्पादन भएका आधारमा प्रति लिटर दुई रुपैयाँ ५० पैसा अनुदान दिएको हो । सहकारी संस्थाबाट दूध बिक्री गर्ने किसानले मात्र यस्तो सहयोग सरकारबाट पाउने पशुपक्षी तथा मत्स्य विकास निर्देशनालयका महानिर्देशक डा प्रेरणा भट्टराईले बताउनुभयो ।
सरकारले दूध उत्पादन प्रोत्साहन सहयोग कार्यक्रममा अनुदान वृद्धि गर्ने योजना अनुसार गत वर्ष रु छ करोड ५५ लाख बजेट विनियोजन गरेको थियो । “अनुदान रकम दोब्बर वृद्धि गर्नेगरी बजेट विनियोजन भएको थियो, तर वृद्धिको कार्यविधि र राजपत्रमा प्रकाशनमा ढिलाइ हुँदा गत वर्ष कार्यान्वयन हुन सकेन”, महानिर्देशक भट्टराईले भन्नुभयो ।
सरकारले उत्पादनका आधारमा अनुदान दिएपछि किसान उत्साहित भएका छन् । यसबाट दूध उत्पादन वृद्धि गर्न सहयोग पुगेको छ । दूधको राष्ट्रिय उपलब्धता प्रतिव्यक्ति प्रतिवर्ष ८८ लिटर रहेकामा गण्डकीको उपलब्धता एक सय आठ लिटर रहेको छ ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments