डेङ्गी को मुख्य कारक लामखुट्टे भएकाले लामखुट्टे खोज र नष्ट अभियानकाे थालनि
- श्रावण २४, २०८१ मा प्रकाशित
कासिन न्यूज, काठमाडौं –
पर्वतमा दैनिक जसो डेङ्गु सङ्क्रमितको सङ्ख्या वृद्धि भएपछि लामखुट्टे खोज र नष्ट अभियान थालिएको छ । स्वास्थ्य कार्यालय र जिल्लाका सातवटै स्थानीय तहको सहकार्यमा लामखुट्टे खोज र नष्ट अभियान सञ्चालन गरिएको हो ।
डेङ्गी सङ्क्रमण फैलनुको मुख्य कारक लामखुट्टे भएकाले यसको निराकरण नगरेसम्म सङ्क्रमण रोकथाम गर्न नसकिने भन्दै खोज र नष्ट अभियान थालिएको जिल्ला स्वास्थ्य कार्यालय प्रमुख प्रवीण शर्माले जानकारी दिनुभयो ।
उहाँका अनुसार बढी जनघनत्व भएका, फोहरमैला बढी उत्सर्जन र बिसर्जन हुने ठाउँ, ग्यारेज, टायर तथा सफा पानी जम्मा हुने स्थानलाई लक्षित गरी खोज र नष्ट अभियान थालिएको हो । लामखुट्टेका फूल र लार्भा नष्ट पार्ने अभियान नियमित सञ्चालन गरिने शर्माले बतउनुभयो । पछिल्लो दुई सातामा पर्वतमा ५६ जनामा डेङ्गु सङ्क्रमण देखिएको छ । यसमा कतिपय गम्भीर बिरामी पनि छन् । डेङ्गु सङ्क्रमितमध्ये सबैभन्दा बढी कुश्मा नगरपालिका–४, ५, ६ र ७ का छन् ।
दैनिक सङ्क्रमितहरूको सङ्ख्या बढेको र बाक्लो जनघनत्व रहेको ठाउँमा लामखुट्टेले सङ्क्रमण फैलाउने सम्भावना बढी भएकाले आजदेखि खोज र नष्ट गर्ने अभियान सुरु गरिएको कुश्मा नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख यामप्रसाद शर्माले जानकारी दिनुभयो ।
बजारमा पानीको अभावका कारण भाँडामा पानी जम्मा गरेर राख्ने, घरका छत तथा कौसीमा राखिएका फूलदानीमा लामखुट्टेले प्रजनन गर्ने, ग्यारेजमा लामो समयदेखि जम्मा पारेर राखिएका पुराना टायर तथा अन्य सामग्रीमा पानी जम्मा भएर बस्ने, सडक छेउछाउमा रहेका झाडी तथा पानी जम्मा हुनसक्ने प्लास्टिकजन्य वस्तुमार्फत पनि लामखुट्टेको प्रकोप बढ्ने भएकाले बजारमा क्षेत्रमा सरसफाइ गरिएको शर्माले बताउनुभयो ।
सुरुमा दैनिक एक÷दुई जनामा डेङ्गु पुष्टि भएको भए पनि पछिल्ला समय दैनिक नौ जनासम्ममा डेङ्गु पुष्टि हुन थालेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । गत वर्ष जिल्लाका दुई सय २५ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएको थियो ।
उच्च ज्वरो आउने, जोर्नी र मांसपेशी दुख्ने, आँखाको गेडी दुख्ने, टाउको दुख्ने, शरीरमा राता बिमिरा आउने, वाकवाकी लाग्ने वा वान्ता हुनेलगायतका लक्षण देखिए डेङ्गु भएको हुनसक्ने भएकाले समयमा स्वास्थ्य परीक्षण गराउनुपर्ने स्वास्थ्यकर्मीको सुझाव छ ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments