निर्माता तथा कलाकार नारायण खातीको चलचित्र ‘नम्बरी सुन’ तयारी
- श्रावण २४, २०८१ मा प्रकाशित
कासिन न्यूज, काठमाडौं –
सुन व्यवसायको कथालाई आधार बनाएर निमार्ण गरीएको चलचित्र ‘नम्बरी सुन’मा सुनको काम कसरी अगाडि बढ्यो ,कालीगढी काम कसरी बढ्यो लगायतका विविध प्रश्नको जवाफ चलचित्रमा पाइने चलचित्रका निर्माता तथा कलाकार नारायण खातीले बताउनुभयो ।
यही साउन २५ गतेदेखि प्रदर्शन हुन लागेको चलचित्रमा सुन नागरिकको जन्मदेखि मृत्युसम्म जोडिएको वस्तु हो । यसको आफ्नै इतिहास छ । यस्तै एउटा कथालाई चलचित्रमा ल्याउँदैछौँ कलाकार नारायण खातीले भन्नु भयो ।
सुनको इतिहाससँगै विभिन्न वर्गका युवा युवती बीचको प्रेम र त्यो प्रेमले निम्त्याउने घटना परिघटनालाई प्रस्तुत गरिएको उक्त चलचित्रमा गौरव पहारी, नम्रता सापकोटा, विनोद न्यौपाने, सरोज खनाल, बुद्धि तामाङ, राजाराम पौडेल, किरण नेपाली, राजेन्द्र खड्गी, सविन बाँस्तोला, गीता अधिकारी, नारायण खाती, अस्मिता न्यौपाने, राजेन्द्र गिरी, कङ्गना गिरीलगायतका कलाकारले अभिनय रहेको छ ।
अभिनेता पहारीले आर्थिक रुपमा कमजोर भएका युवाको भूमिका निर्वाह गरेको जानकारी दिनुभयो । “मैले निम्न वर्गको प्रतिनिधित्व गरेको छु । जसको प्रेम मुखियाकी छोरीसँग हुन्छ । यसमा मेरो बुवा पात्रले सुन बनाउने काम गर्नुहुन्छ । यसले प्रेमसँगै चलचित्रमा एउटा पुस्ताको कालिगढ़ीलाई जोडेको छ”, उहाँले भन्नुभयो । आफूले अभिनय गरिरहेको भन्दा फरक पात्र भएकाले अभिनय गर्न तयार भएको उहाँको भनाइ छ ।
चलचित्रमा यसमा अभिनेत्री सापकोटाले ग्रामीण युवतीसँगै अभिनेता पहारीको प्रेमिकाको भूमिका निर्वाह गर्नुभएको छ । “चलचित्रमा मुखियाकी छोरी भएर पनि साधारण शैली रहेकी युवतीको भूमिकामा छु । मेरो पात्रले क्रान्तिको चित्रण समेत गरेको छ”, अभिनेत्री सापकोटाले भन्नुभयो ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments