सहकारी ठगी सम्बन्धमा उजुरी सङ्कलन गर्दै प्रहरी

- श्रावण २७, २०८१ मा प्रकाशित


कासिन न्यूज, काठमाडौं ।
देसभर सहकारी ठगीको कारवाही प्रकिया अगाडि बढाउन सरकारले संसदीय कार्यदल गठन गरी अनुसन्धानको रिपोर्ट तयारी गर्दै गर्दा बाँकेमा पनि प्रहरीले सहकारी ठगी सम्बन्धमा उजुरी सङ्कलन गर्दै आएको छ र विभिन्न ठाँउबाट करिब छसय बचतकर्ताको उजुरी सङ्कलन भइसकेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक नारायण डाँगीले जानकारी दिएका छन् ।

प्रहरी नायव उपरीक्षक का अनुसार नमस्ते बचत तथा ऋण सहकारी संस्था लिमिटेडले गरेको बचत अपचनल विरुद्ध उजुरी सङ्कलन गरिएको र कति रकम अपचलन गरेको भन्ने निश्चित हुन बाँकी रहेको बताएका छ्न। प्रहरीले गत साउन ८ गते सूचना प्रकाशन गरेर बचतकर्तालाई उजुरी गर्न आह्वान गरेको थियो ।

अब सहकारी सञ्चालकलाई नियन्त्रणमा लिएर विस्तृत अनुसन्धान सुरु हुन्छ साथै प्रहरीले यसअघि पनि समानता बचत तथा ऋण सहकारी संस्था, शिवशिखर बहुउद्देश्यीय सहकारी संस्थालगायतको उजुरी सङ्कलन गरेको जनाएको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर