वर्तमान गठबन्धन संविधान संशोधन र राजनीतिक स्थायित्वको लागि : डा शेखर कोइराला
- श्रावण २७, २०८१ मा प्रकाशित
कासिन न्यूज, काठमाडौं ।
कांग्रेस केन्द्रीय समितिको जारी बैठकमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले वर्तमान गठबन्धन सरकार संविधान संशोधनको प्रक्रिया अगाडि बढाउदै संविधान सुधार र राजनीतिक स्थायित्वको लागि भएको उल्लेख गर्नुभयो ।
नेता कोइरालाले भन्नुभयो, “वर्तमान गठबन्धनको प्रमुख कार्यभार संविधान संशोधनको प्रक्रिया अगाडि बढाउने हो । निःसन्देह दुई ठूला दल मिल्नुको औचित्य संविधान संशोधनलगायत साझा राष्ट्रिय कार्यसूची बनाएर जनभावनाअनुसार कार्यान्वयनमा लैजानसक्दा आमजनताको भरोसा र विश्वास जित्न सकिन्छ । नेपालको संविधान आमनेपालीको साझा दस्तावेज हो । यसमा गरिने सुधारको प्रक्रिया अगाडि बढाउँदा संविधानको स्वीकारोक्तिमा आमनेपाली भावना जोडिनुपर्छ ।”
साझा राष्ट्रिय कार्यसूची बनाउँदा कांग्रेसले आफ्नो घोषणापत्रमा भएका प्रतिबद्धतालाई बिर्सन नमिल्ने उहाँको भनाइ थियो । वर्तमान सरकार गठनका सन्दर्भमा कांग्रेस र नेकपा ९एमाले०ले सुशासनको धेरै प्रतिबद्धता गरेको उल्लेख गर्दै नेता कोइरालाले व्यवहारमा सङ्घ र प्रदेशमा मन्त्रीहरु छनोटले सुशासनलाई जिस्क्याइरहेको टिप्पणी गर्नुभयो ।
“सरकार छ भन्ने अनुभूति आमनागरिकलाई सङ्कटको समय सबैभन्दा बढी हुन्छ । अहिले ती नेपालीहरुकाबीच सरकार पुग्नुपर्छ जो बाढी, पहिरो, दुर्घटना र प्राकृतिक प्रकोपका अनेकन समस्याहरुसँग जुध्दै छन्”, उहाँले भन्नुभयो, “तिनको उद्धार, राहत, उपचार र पुनःस्थापना सरकारको प्रमुख दायित्य हो । म चाहन्छु हामी संलग्न सरकारले यस मानवीय कार्यलाई एकछिन पनि ढिलो नगरी सम्बोधन गर्ने सक्रियता देखाओस् ।”
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments