आज श्रावणको अन्तिम सोमवार शिवालयमा दर्शनार्थीको घुइँचो

- श्रावण २८, २०८१ मा प्रकाशित


कासिन न्यूज, काठमाडौं ।
आज श्रावणको अन्तिम सोमवार पशुपतिनाथ मन्दिर सहित देशभरका शिवालयमा बिहानैदेखि दर्शनार्थीको घुइँचो लागेको छ । भगवान् पशुपतिनाथ मन्दिरमा दर्शन गर्न आउने दर्शनार्थीहरुको भिडभाडले यातायात व्यवस्थापन गर्न ट्राफिक प्रहरी विहान देखिनै तयारी सुरु गरेका छन् । दर्शन गर्न आएका भक्क्तजनहरुको गौरीघाट देखि लाइन छ भने माथि मित्रपार्क देखिको लाइन विहान देखिनै सुरु भएको छ त्यसैगरी पशपति भिजन देखि पनि भक्क्तजनहरुको लाइन देखिन्छ ।

गौरीघाटमा ट्राफिक व्यवस्थापन गर्न गारो हुने देखिएकोले चारपाङ्ग्रे सवारी साधनलाई विचबाटै नै डाइभ्रेसन गरीएको छ । श्रावणको अन्तिम सोमवार र कोटिहोम पशुपति मन्दिर आसपासमा भएकोले भक्क्तजनहरुको भिडलाई सामान्य नै मान्न सकिन्छ । पशुपति मन्दिर दर्शन गर्न भारतबाट पनि धेरै नै भक्क्तजनहरुको उपस्थितिले आसपासका होटलहरु सबै भरिएका छन् , व्यपार राम्रो भएको छ सधै यस्तो भैदिए राम्रो हुने थियो एक होटल व्यवसायीले भने त्यसै गरी पशुपति आसपासमा भएको पूजासामाग्रि वेच्ने पसलहरुको पनि व्यापार राम्रो भएको देखिन्छ ।

श्रावणको  सोमबारको पूजाआजा गर्न आएका दर्शनार्थी तथा बोलबम यात्रामा निस्केकाहरूका लागि बिहानदेखि नै मन्दिरमा सहज रूपमा दर्शनको व्यवस्था मिलाएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । दर्शनार्थीका लागि सुरक्षा, स्वयंसेवक परिचालन, दर्शन व्यवस्थापन, स्वास्थ्य शिविर, खानेपानी लगायत व्यवस्थापन मिलाइएको छ ।

श्रावण महिना र सोमबार भगवान् शिवजीको महिना र बार भएकाले पनि यस अवसरमा पशुपतिनाथ मन्दिरमा धेरै भक्तजनको घुइँचो लाग्ने गर्दछ । साउनमा पशुपतिनाथ मन्दिरमा सुन्दरीजलबाट बोलबम यात्रा गरी जल चढाउने भक्तजनको पनि घुइँचो लाग्ने गर्दछ ।

यसैगरी आज काठमाडौँ उपत्यकामा पशुपतिनाथ सहित, गोकर्णेश्वर, सन्तानेश्वर, डोलेश्वर, किरातेश्वर, भालेश्वरसहित, काभ्रेपलाञ्चोकको साँगा, तनहुँको देवघाट, म्याग्दीको गलेश्वरलगायत शिवालयमा भक्तजनले बिहानैदेखि स्नान गरी महादेवको पूजा आराधन गरिरहेका छन् ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर