भारतको एक मन्दिरमा सोमबार भएको भागदौडमा ११६ जनाको मृत्यु , धेरै घाइते

- श्रावण २८, २०८१ मा प्रकाशित


कासिन न्यूज, काठमाडौं ।
भारतको एक मन्दिरमा सोमबार भएको भागदौडमा ११६ जनाको मृत्यु हुनुका साथै धेरै घाइते भएका छन् । घाइतेको उपचार भै रहको छ भने धेरैको अवस्था गम्भिर रहेको छ। बिहार राज्यको जेहनाबाद जिल्लाको मखदुमपुरस्थित बाबा सिद्धनाथ मन्दिरमा धार्मिक प्रचारकको प्रवचन सुनेर फर्किने क्रममा एक्कासी आएको धुलोको आँधीका कारण भागदौड हुँदा एकले अर्कालाइ किचिएर उक्त दुःखद् घटना भएको हो ।

टाइम्प अफ इन्डियाका अनुसार मृत्यु हुनेमा १०८ महिला, १ पुरुष र ७ बालबालिका रहेका छन् । प्रहरीका अनुसार के कति कारणले यस्तो दुःखद् घटना भयो खोज अनुसन्धान भैरहेको बताइएको छ ।जेहानाबादका प्रहरी प्रमुख दिवाकर कुमार विश्वकर्माले “जिल्ला प्रशासक र प्रहरी उपरीक्षक घटनास्थलमा गई घटनाको जानकारी लिइरहेको र शवहरू पोस्टमार्टमका लागि पठाइँदै छ ।

प्रधानमन्त्री नरेन्द्र मोदीले घटनाप्रति दुख व्यक्त गर्दै मृतक परिवार र घाइतेलाइृ आर्थिृक सहयोग गर्ने वताएका छन् साथै जेहानाबादका प्रहरी अधिकारी विकास कुमारले घटना प्रति दुखः व्यक्त गर्दै उचित व्यवस्था सुरक्षा हुदाँहुदै पनि दुखदः घटना घट्न पुगेको उल्लेख गर्नुभएको छ । उहाँका अनुसार घटनाको बारेमा अनुसन्धान भइरहेको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर