अष्ट्रेलियामा १८ दिनदेखि सम्पर्कविहीन सुभाष बोलखेको खोजीका लागि अनुरोध
- श्रावण ३०, २०८१ मा प्रकाशित
कासिन न्यूज, काठमाडौं ।
पाँचखाल नगरपालिका प्रमुख महेश खरेलले नेपालका लागि अष्ट्रेलियाका राजदूत फेलिसिटी भोल्कसँग सिड्नी सहरबाट हराएका सुभाष बोलखेको खोजीका लागि अनुरोध गर्नुभएको छ ।
अध्ययनका सिलसिलामा नौ महिनाअघि अष्टे्लियाको सिड्नी पुग्नुभएका काभ्रेपलाञ्चोक जिल्ला पाँचखाल नगरपालिका–७ का २७ वर्षीय बोलखे १८ दिनदेखि परिवारसँग सम्पर्कविहीन भएपछि नगरप्रमुख खरेलले खोजीका लागि राजदूत भोल्कसँग अनुरोध गर्नुभएको हो । बोलखेका परिवारका सदस्यसहित काठमाडौँको महाराजगञ्ज–चक्रपथस्थित अष्ट्रेलियन दूतावास पुगीे आफ्नो क्षेत्रका प्रतिभावान विद्यार्थी बोलखेको खोजतलाख गरेर पछिल्लो अवस्थाका वारेमा जानकारी दिई सहयोग गरिदिन अनुरोध गरेको नगरप्रमुख खरेलले बताउनुभयो ।
“राजदूत भोल्कले तत्काल जनशक्ति परिचालन गरी आवश्यक खोजबिनसहित सम्पर्कविहीन अवस्थामा रहेका विद्यार्थी बोलखेका बारेमा यथार्थ जानकारी गराउने आश्वासन दिनुभएको छ, हामी आशावादी भएका छौँ,” प्रमुख खरेलले भन्नुभयो । उच्च शिक्षा अध्ययनका लागि अष्ट्रेलिया गएका कान्छा छोरा ‘सुभाष’ सिड्नी सहरमा नौ महिनादेखि एक्लै बस्दै आएको जानकारी दिँदै पिता सुदर्शन बोलखेले भन्नुभयो, “अठार दिनदेखि सुभाष हामीसँग सम्पर्कविहीन भएका छन्, यतिखेर हामी तनावमा छौँ, राजदूतसँगको भेटपछि केही आशा पलाएको छ । खोजबिनका लागि सम्बद्ध सबैसँग अनुरोध गर्दछौँ ।”
सो अवसरमा नगरप्रमुख खरेलले राजदूत भोल्कलाई ‘सुभाष’को कागजातसहित खोजबिनका लागि निवेदन दिनुभएको छ । औपचारिक भेटघाटलगत्तै दूतावासको सक्रियतामा सिड्नीस्थित प्रहरी निकायले आफ्नो वेबसाइटमा सुभाष हराएको बारे निजको हुलियासहित जानकारी गराउँदै देख्ने–भेट्नेले खबर गर्न आग्रहसमेत गरेको छ । यसैगरी, बोलखे परिवारले पनि सुभाषको खोजबिनमा सहयोग गर्न सिड्नी स्थित नेपाली समुदाय र अन्य सरोकारवाला निकायसँग आग्रह गर्दै आएको छ ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments