•  ११ पुष २०८१, बिहीबार

नेप्से परिसूचक १ दशमलव १७ प्रतिशतले बढेर  २९५७ दशमलव ७५ को विन्दुमा कायम

- श्रावण ३०, २०८१ मा प्रकाशित


कासिन न्यूज, काठमाडौं ।
नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचकमा ३४ दशमलव २९ अङ्कको वृद्धि देखिएको छ । आज नेप्से परिसूचक १ दशमलव १७ प्रतिशतले बढेर  २९५७ दशमलव ७५ को विन्दुमा कायम भएको हो ।

आज ३०० सय ३२ कम्पनीको ५ करोड १२ लाख ३० हजार ३ सय ४० कित्ता शेयर २ लाख ४४ हजार १९ पटक खरिदबिक्री हुँदा रु २३ अर्ब ४३ करोड ५ लाख ८१ हजार १ सय ५० बराबरको कारोबार भएको छ ।

जीवन बीमा समूह शून्य दशमलव ०८, लघुवित्त शून्य दशमलव ७० र म्युचुअल फन्ड शून्य दशमलव ९० प्रतिशतले घटेको छ भने अरु सबै समूहको उपसूचक बढेको छ । आज वित्त समूहको उपसूचक सबैभन्दा बढी सात दशमलव ६७ प्रतिशतले बढेको छ ।

बैंकिङ ० दशमलव ७२, विकास बैंक ३ दशमलव ०७, होटल तथा पर्यटन २ दशमलव ३७, जलविद्युत् १ दशमलव ९१, लगानी २ दशमलव ४९, उत्पादन तथा प्रशोधन शून्य दशमलव ६४, निर्जीवन बीमा शून्य दशमलव ७४, व्यापार शून्य दशमलव ३९ र अन्य समूह शून्य दशमलव ८३ प्रतिशतले बढेको छ ।

आज नौवटा कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लाग्दा एउटा कम्पनीको शेयर मूल्यमा भने नकारात्मक सर्किट लागेको छ । कारोबार रकमका आधारमा सबैभन्दा धेरै हिमालयन रिइन्स्योरेन्स लिमिटेडको रु ८६ करोड ५८ लाख ५८ हजार ३ सय ७ बराबरको कारोबार भएको छ । कारोबार भएका शेयर सङ्ख्याका आधारमा अपि पावर कम्पनी लिमिटेडको २२ लाख ३७ हजार १ सय ७२ कित्ता शेयर किनबेच भएको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर