सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक बहुमतले पारित, छलफलमा कस्ले के के भने
- श्रावण ३०, २०८१ मा प्रकाशित
कासिन न्यूज, काठमाडौं ।
आज प्रतिनिधिसभाबाट सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक बहुमतले पारित भएको छ । सभाको आजको बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोगको तेस्रो संशोधन विधेयक, २०८१ लाई पारित गरियोस्’ भनी राख्नुभएको प्रस्ताव बहुमतबाट पारित भएको हो ।
आजको प्रतिनिधि सझामा सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक माथिको छलफलमा नेपाल कम्यूनिष्ट पार्टि माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले राजनीति क्रान्तिको एउटा अध्यायले पूर्णता पाएको, सहीदको सपनाले न्याय पाएको बताउनु भएको छ । उहँले अब परिवर्तनका उपलब्धि संस्थागत गर्दै समृद्धिको यात्रातर्फ अघि बढ्ने ढोका खुलेको बताउनुभयो । सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक माथि सहमति जुटाएकोमा कार्यदललाई धन्यवाद दिनु भयो ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले शान्ति प्रक्रियाको अभिन्न अङ्ग सङ्क्रमणकालीन न्याय टुङ्गोमा पु-याउने विषय सहमतीमा पुग्नु नेपालको राजनीतिक इतिहासमा ऐतिहासिक महत्व भएको बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपरण तथा मेलमिलाप आयोग तेस्रो संशोधन विधेयक, २०७९ माथि भएको छलफलमा सभापति देउवाले सबै राजनीतिक शक्ति र सरोकारवाला पक्ष एक स्वरमा सर्वसम्मतिका साथ एकै ठाउँमा उभिनु ऐतिहासिक भएको धारणा राख्नुभयो ।
यसैगरी नेपाल कम्युनिष्ट पार्टी एकीकत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले शान्ति प्रक्रियालाई पूर्णता दिन राजनीतिक दलहरुबीच भएको सहमतिले नयाँ इतिहास रच्ने विश्वास व्यक्त गर्दैै अब धेरै ढिला नगरौँ दुई दुई पटक दुवै आयोगमा पदाधिकारी नियुक्ति गर्यौँ, राज्यको लगानी खेर गयो”, पूर्वप्रधानमन्त्री समेत रहनुभएका नेपालले भन्नुभयो, “पीडित परिवार न्यायको प्रतीक्षामा छन्, जघन्य अपराध गर्नेले दण्ड पाउनुपर्छ, पुराना कुरालाई थन्क्याई राखेर बदलाको भावनाबाट राख्ने गर्नु हुँदैन ।”
राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा का अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले “हामी ऐन कार्यान्वयन प्रक्रियालाई होसियारी पूर्वक हेर्ने छौँ र न्यायका लागि आवाज उठाउने छौँ । यो प्रक्रियामा कसैलाई उपेक्षामा परेको अनुभूति राज्य पक्षले नगराओस्”, उहाँले भन्नुभयो । बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोगको कामलाई नजिकबाट निगरानी गरिरहेको पनि उहाँको भनाइ छ
पूर्व उपप्रधान एवं गृहमन्त्री लामिछानेले यो अन्तराष्ट्रिय चासोको विषय हो । हामीले टुङ्गो लगाएको मुद्दामा अन्तर्राष्ट्रिय रुमपा प्रश्न नउठने परिस्थिति बनाउन र उनीहरुको स्वभाविक चिन्ता र चासोबारे पनि ख्याल गरिनुपर्छ” । “हामीले यसका लागि अभिलम्बन गर्ने प्रक्रिया पारर्दशी र पीडितमैत्री भएन भने अन्तराष्ट्रिय जगतले निरन्तर प्रश्न गरिरहने छ ।” सङ्क्रमणकालीन न्याय निरुपरणको गाँठो फुकाउने गरी कानुन बन्नेमा विश्वास व्यक्त गर्दै बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपरण तथा मेलमिलाप आयोग आयोगलाई स्वतन्त्र र निष्पक्ष बनाउन सभामार्फत सभापति लामिछानेले अपिल समेत गर्नुभयो ।
नेकपा एमाले संसदीय दलका मुख्य सचेतक महेशकुमार बर्तौलाले सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक पीडित मैत्री र सबै पक्षको साझा दस्तावेज रहेको बताउनुभयो । आज प्रतिनिधिसभामा ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन सत्यनिरुपण तथा मेलमिलाप आयोग तेस्रो संशोधन विधेयक–२०७९’ माथिको छलफलमा भाग लिँदै उहाँले लामो समयदेखि थाति रहेको सङ्क्रमणकालीन न्यायसम्बन्धी विषय सम्बोधन गर्न यो विधेयक महत्वपूर्ण सावित हुने विश्वास व्यक्त गर्नुभयो ।उहाँले भन्नुभयो, “राजनीतिक, नागरिक समाज, पीडित र सुरक्षा निकायलगायत सबैको साझा सहमतिमा आएको विधेयक पीडित मैत्री छ ।” संयुक्त राष्ट्र सङ्घका महासचिव, अन्तर्राष्ट्रिय मावन अधिकार, राष्ट्रिय मानव अधिकार आयोग, पीडित पक्ष, विभिन्न क्षेत्रका राजनीतिक व्यक्तित्व, नागरिक समाजलगायत सबैको भावना विधेयकमा समेटिएको उहाँको भनाइ छ ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments