कर वृद्धिको विरोधमा प्रमुख र उपप्रमुखलाई सटरको साँचो दिएर व्यवसाय बन्द गरी धर्नामा
- श्रावण ३२, २०८१ मा प्रकाशित
कासिन न्यूज, काठमाडौं ।
कर वृद्धिको विरोधमा व्यवसायीले आफ्नो व्यवसाय बन्द गरी हेटौँडा उपमहानगरपालिका कार्यालय अगाडि धर्ना बसेका छन् । मकवानपुर उद्योग वाणिज्य सङ्घको आह्वानमा व्यवसायीले आ–आफ्ना व्यवसाय बन्द गरेर उपमहागरपालिका कार्यालय अगाडि धर्ना बसेका हुन् । सो क्रममा व्यवसायीले सटरको साँचो समेत उपमहानगरपालिकाका प्रमुख मिनाकुमारी लामा र उपप्रमुख राजेश बानियाँलाई बुझाएका छन् ।
हेटौँडा उपमहानगरपालिकाको नगरसभाले अर्थसम्बन्धी व्यवस्थालाई कार्यान्वयन गर्न बनेको आर्थिक ऐन २०८१ पारित गर्दै करको दरमा वृद्धि गरेको विरोधमा व्यवसायी आन्दोलित भएका छन् ।
विश्वव्यापी आर्थिक मन्दीका कारण व्यापार व्यवसाय सङ्कटमा परेका बेला हेटौँडा उपमहानगरपालिकाले चालु आर्थिक वर्ष २०८१/८२ मा घरवहाल करदेखि व्यवसाय करमा २० देखि १५० प्रतिशतसम्म राजस्व वृद्धि गरेकोले आन्दोलनमा मकवानपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष कृष्णगुप्ता अग्रवालले बताउनुभयो । राजस्व वृद्धिको निर्णय नसच्याएसम्म आफूहरु आन्दोलन जारी राख्ने उहाँको भनाइ छ । यता हेटौँडा उपमहानगरपालिकाले करको दरमा गरिएको हेरफेरको निर्णयबाट पछि हट्न नसक्ने जनाएको छ ।
उपमहानगरपालिकाका प्रवक्ता सविन न्यौपानेले उपमहानगरपालिकाको १५औँ नगरसभाले अर्थ सम्बन्धी व्यवस्थालाई कार्यान्वयन गर्न बनेको आर्थिक ऐन २०८१ पारित गरी जारी भइसकेको अवस्थामा व्यवसायीले उठाएको माग सम्बोधन गर्न नसकिने बताउनुभयो । ‘‘स्थानीय सरकारले आर्थिक ऐन जारी गरेपछि करको दरमा तत्काल हेरफेर गर्न सकिँदैन्”, उहाँले भन्नुभयो, ‘‘अब आगामी आर्थिक वर्षमा के गर्न सकिन्छ भन्ने बिषयमा छलफल गरी टुङ्गो लगाउन सकिन्छ ।” यसका लागि पहल भइरहेको उहाँको कथन छ ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments