भोटेकोशीको बाढी र पहिरो पीडित स्थानमा उद्धार टोली पुगे
- श्रावण ३२, २०८१ मा प्रकाशित
कासिन न्यूज, काठमाडौं
कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–५ थामे गाउँमा थामे खोला र भोटेकोशीको बाढी र पहिरोपीडित भएकाहरुलाई तत्काल उद्धार गर्न सुरक्षा निकायलाई आज निर्देशन दिनुभएको छ ।
उहाँले बाढी र पहिरोमा परेकालाई तत्काल उद्धार एवं राहत वितरण गर्न निर्देशन सँगै सो स्थानमा उद्धार टोली पुगिसकेको मुख्यमन्त्री कार्कीका प्रेस सल्लाहकार विक्रम लुइँटेलले जानकारी दिनुभयो ।
खुम्बु पासाङल्हामु गाउँपालिकाको थामेमा आज दिउँसो बाढी र पहिरो आएपछि मुख्यमन्त्री कार्कीले सुरक्षा निकायलाई निर्देशन दिनुभएको हो । सो क्षेत्रमा तत्काल भएको क्षतिको विवरण आइनसकेको बताइएको छ ।
What’s your Reaction?
+1
+1
+1
+1
+1
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments