फिक्कल इलामको चुलाचुली गाउँपालिकाको अधिकांश मुख्य सडक कालोपत्र
- भाद्र २, २०८१ मा प्रकाशित
कासिन न्यूज, काठमाडौं ।
फिक्कल इलाम – सबै वडामा कालोपत्र सडक पुुर्याउने पहिलो चरणको योजना सम्पन्न भएको चुलाचुली गाउँपालिकाका अध्यक्ष राजेन्द्र केरुङले जानकारी दिनुभयो ।अधिकांश मुख्य सडक कालोपत्र भएका छन् । सङ्घीय सरकार र प्रदेश सरकार सँगको साझेदारी एवं गाउँपालिकाको बजेटमा ६ वटै वडा कार्यालय जोड्ने सडक कालोपत्र गरिएको छन् । चुलाचुली गाउँपालिकामा हालसम्म विभिन्न सडकका १५ किलोमिटर ७ सय मिटर सडक कालोपत्र भएको छ । पहिलो चरणमा उक्त दूरीमा कालोपत्र गरिएको हो ।
गाउँपालिका अध्यक्ष केरुङका अनुसार आर्थिक वर्ष २०८०र८१ मा मात्र ५ किलोमिटर ३ सय मिटर सडक कालोपत्र गरिएको छ । २ किलोमिटर १ सय मिटर सडक गाउँपालिकाको आफ्नै स्रोतबाट कालोपत्र गरिएको हो । ३ किलोमिटर २ सय मिटर सडक सङ्घीय सरकार र प्रदेश सरकारसँगको साझेदारीमा कालोपत्र गरिएको अध्यक्ष केरुङले जानकारी दिनुभयो ।
वडा नं १ स्थित चुलाचुली मार्गको ८ सय मिटर सडक गाउँपालिकाको स्रोतबाट रु १ करोडको लगानीमा कालोपत्र सम्पन्न गरिएको छ । सोही सडकको अर्को ७ सय ५० मिटर सडक सङ्घीय सरकारसँगको ५० प्रतिशत साझेदारीमा रु ८७ लाख ३८ हजारको लगानीमा कालोपत्र गरिएको छ ।
त्यस्तै वडा नं २ स्थित हिमाली मार्गको १ किलोमिटर ३ सय मिटर सडक कोशी प्रदेश सरकारसँगको ३५ प्रतिशत साझेदारीमा रु ९९ लाख ९५ हजार ७ सय ८२ लगानीमा कालोपत्र गरिएको अध्यक्ष केरुङले बताउनुभयो । सो सडकको ४ किलोमिटर १ सय मिटर सडक पटकपटक गरी अघिल्लो आर्थिक वर्षमा कालोपत्र गरिएको थियो ।
वडा नं ५ स्थित चुलाचुली मार्गको १ किलोमिटर २ सय १५ मिटर सडक सङ्घीय सरकारसँगको ५० प्रतिशत साझेदारीमा रु ८७ लाख ३६ हजार २ सय ३६ को लगानीमा कालोपत्र गरिएको छ । सो सडकको अर्को १ किलोमिटर २ सय मिटर सडक अघिल्लो आव २०७९÷८० मा कालोपत्र गरिएको थियो ।
त्यसैगरी वडा नं ६ स्थित चुलाचुली मार्गको १ किलोमिटर ३ सय मिटर सडक गाउँपालिकाको स्रोतबाट रु एक करोड ८७ लाखको लगानीमा सुरु भएको कालोपत्र अन्तिम चरणमा पुगेको चुलाचुली गाउँपालिकाका इन्जिनियर क्षितिज दाहाले जानकारी दिनुभयो । इन्जिनयर दाहालका अनुसार कालोपत्रका लागि ड्रेन, सबबेस र बेस हाल्ने काम सकिएको छ । वडा नं ३ र ४ कार्यालय जोड्ने सडक अघिल्लो वर्षहरूमा कालोपत्रे गरिएको थियो । वडा नं ३ मा आव २०७९÷८० मा चुलाचुली मार्गको १ किलोमिटर ७ सय मिटर र वडा ४ मा सोही मार्गको पटकपटक गरी आव २०७९÷८० सम्ममा ३ किलोमिटर ४ सय मिटर सडक कालोपत्र गरिएको थियो ।
पूर्वपश्चिम लोकमार्ग र चुलाचुलीको माथिल्लो भेगमा निर्माणाधीन मदन भण्डारी लोकमार्गलाई जोड्ने लक्ष्यका साथ गाउँपालिकाले सडक कालोपत्र गर्न प्राथमिकता दिएको गाउँपालिका अध्यक्ष केरुङले बताउनुभयो । “वडा कार्यालय पुग्ने वडाका सडकलाई कालोपत्र गर्न कतिपय सडक सङ्घीय र प्रदेश सरकारसँगको साझेदारीमा कालोपत्र गरिएका छन् भने कतिपय सडक गाउँपालिकाले आफैं बजेट विनियोजन गरेर पिच गरिएको छ,’
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments