आयुर्वेद सेवाप्रति जिल्लामा सर्वसाधारणको आकर्षण बढ्दै
- भाद्र २, २०८१ मा प्रकाशित
कासिन न्यूज, काठमाडौं ।
दमौली तनहुँ- आयुर्वेद सेवाप्रति जिल्लामा सर्वसाधारणको आकर्षण बढ्दै गएको आयुर्वेद स्वास्थ्य केन्द्रले जनाएको छ । केन्द्रले जनाए अनुसार एक वर्षमा २६ हजार छ सय ८४ सेवाग्राहीलाई सेवा प्रदान गरेको छ ।कार्यालयले आव २०७९/८० मा भन्दा गत आवमा सात हजार चार सय ६७ बढीले सेवा लिएको कार्यालयका आयुर्वेद चिकित्सक डा नारायण श्रेष्ठले बताउनुभयो ।
बहिरङ्ग ओपिडी नौ हजार दुई सय ७१, ज्येष्ठ नागरिक सेवा एक हजार छ सय २४, योग आठ हजार तीन सय ४३, पञ्चकर्म तथा पूर्वकर्म पाँच हजार पाँच सय १३, स्तनपायी आमालाई मातृशिशु सुरक्षार्थ दुग्धवद्र्धक सेवा दुई सय ८१, क्षार सूत्र १७, प्रयोगशाला सात सय ६३ र फिजियोथेरापी आठ सय ७२ जनाले लिएको उहाँले जानकारी दिनुभयो ।
जिल्लाका चार ठाउँमा नागरिक आरोग्य केन्द्र विस्तार भएको छ । डा श्रेष्ठका अनुसार बन्दीपुर गाउँपालिका–१ मा डुम्रे, घिरिङ गाउँपालिका–५ मा घिरिङ, देवघाट गाउँपालिका–५ मा देवघाट र आँबुखैरेनी गाउँपालिका–१ मा आँबुखैरेनी नागरिक आरोग्य सेवाकेन्द्र सञ्चालनमा आएका छन् ।
जिल्लाका तीन पालिकामा अझै पनि आयुर्वेद स्वास्थ्य सेवा पु-याउन नसकिएको उहाँको भनाइ छ । “दश पालिकामध्ये देवघाट, आँबुखैरेनी र घिरिङ गाउँपालिकामा आयुर्वेद स्वास्थ्य संस्था पुगेको छैन । ती पालिकामा नागरिक आरोग्य सेवा सञ्चालनमा ल्याएका छौँ”, उहाँले भन्नुभयो ।
केन्द्रले पतञ्जली योग समितिसँग समन्वयगरी कार्यालयको योगहलमा स्वस्थ जीवन कार्यक्रम सञ्चालन गर्दै आएको छ । जिल्लाका स्थानीय तह तथा सरोकार भएकासँग निरन्तर समन्वय र सहकार्य गर्दै आयुर्वेदिक उपचार प्रणालीको प्रवर्द्धन गरिरहेको डा श्रेष्ठले बताउनुभयो । कार्यालयका लागि सात जनाको स्वीकृत दरबन्दी रहेकामा हाल पाँच जना कार्यरत छन् । उहाँका अनुसार केन्द्रमा ढाड दुख्ने समस्या भएका बिरामीलाई लक्षितगरी थेरापी मेसिन सञ्चालन गरिएको छ ।
गण्डकी प्रदेश सरकारको सहयोगमा कार्यालयले थेरापी मेसिन खरिद गरेर सञ्चालनमा ल्याएपछि ढाड दुख्ने समस्या भएका बिरामीको सङ्ख्या बढेको केन्द्रका डा श्रेष्ठले उल्लेख गर्नुभयो । “आयुर्वेद उपचारमा उपयोगी पञ्चकर्म, फिजियोथेरापी तथा क्षारसुत्रका साथै रोग अनुसार दैनिक योग पनि सञ्चालन गरिरहेका छौँ”, उहाँले भन्नुभयो, “आयुर्वेदिक स्वास्थ्य सेवाप्रति सर्वसाधारणको आकर्षण बढेसँगै कर्मचारीको सीप, उत्साह र जाँगरमा वृद्धि हुँदै गएको छ ।”
विसं २०५२ मा स्थापित आयुर्वेद स्वास्थ्य केन्द्रले रोग निदानात्मक, उपचारात्मक, स्वास्थ्य प्रवर्द्धनात्मक, रोग रोकथाम र स्वास्थ्य परामर्शका कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ । प्रदेश निर्देशनालयले आयुर्वेद संस्थाको अनुसन्धानगरी दरबन्दी थप गर्नुपर्ने, चारपाङ्ग्रे सवारीसाधनको व्यवस्था गर्नुपर्ने, औषधि खरिद गर्न बजेट वृद्धि गर्नुपर्नेमा डा श्रेष्ठले जोड दिनुभयो ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments