जनै पूर्णिमा वा जनैको २ शिखाकाे अर्थ र राखि सँस्कारकाे महत्व
- भाद्र २, २०८१ मा प्रकाशित
कासिन न्यूज, काठमाडौं ।
विगत बर्षहरुमा झै यो वर्षपनि हिन्दु धर्मालम्विहरुको विशेष दिन जनै पूर्णिमा वा रक्षा बन्धन भोली मिति २०८१ भाद्र ३ गते रहेको छ । रक्षा बन्धनको हिन्दु परम्परा अनुसार विशेषतह ब्रतबन्ध गरेका पुरुषहरुले मन्त्र गरिएको धागोको एउटा पवित्र अंशलाई शरीरमा लगाउनाले पुण्य प्राप्त हुने विश्वास छ । जनैका विभिन्न नाम छन् जस्तो यज्ञ सूत्र, ब्रम्ह सूत्र, उपवीत आदि नामले पनि जनैलाई नै जनाउँछ । हिन्दु परम्परा अनुसार उपनयन सँस्कार भएकाहरुले जनै लगाउने गर्दछन् । सनातन दर्शनमा मानिसको जीवनलाई १६ वटा सँस्कारले बाँधेको हुन्छ र उपनयन सँस्कार त्यस मध्ये एक हो । उपनयनको शाब्दिक अर्थ नजिक जाने प्रक्रिया या चाहना हो र जीवनमा भगवानतत्वसँग नजिक जाने यस सँस्कारको महत्व धेरै छ ।
ब्राम्हण वा क्षेत्रिय पुरुषहरुले बाल्यकाल पश्चात् विधिपूर्वक व्रतबन्ध कर्म सम्पन्न गरी अरुले नसुन्न्ने गरी कानमा गायत्री मन्त्रको उच्चारण गरेपछि एउटा निष्ठामय धर्म र सत्यको बाटो अवलम्बन गर्ने दृढ सङ्कल्प लिएर देब्रे काँभमाथि पर्ने गरी दाहिने हातको मुन्तिर पारेर गुरु पुरोहितले मन्त्रेर तयार पारको जनै ग्रहण गर्ने चलन छ । जनैमा भएका २ वटा शिखा मध्ये एउटा शिखामा भएका ३ डोरालाई ब्रम्हा, विष्णु र महेश्वर तथा अर्को शिखाको ३ डोरालाई कर्म, उपासना र ज्ञानको योग मानिन्छ ।
जनै पूर्णिमाको दिनलाई नेपाल भाषामा गुँपुन्हि पनि भनिन्छ भने नेवार समुदायले गुँला महिना भनेर मनाउँछन् । यसैको दिनमा नेवार समुदायले उपत्यका भित्रका शहरहरुको बहाल विहारमा दीपङ्कर बुद्धका मूर्ति एवं यससँग सम्बन्धित अरु मूर्ति, सामान प्रदर्शनका लागि राखिन्छ । हिन्दु परम्परा अनुसार रक्षा बन्धनका दिन हातमा लगाउको धागो वा डोरोलाई तिहारको दिन फुकालेर त्यो धागोमा उनेको माला गाईलाई लगाई दिने वा त्यो धागो गाईको पुच्छरमा बाँधिदिने चलन छ ।
रक्षा बन्धनको दिन दिदि-बहिनीहरुले आफ्ना दाजु-भाइका दाहिने हातको नाडीमा दिर्घायू र सफलताको कामना गर्दै रङ्गीचङ्गी धागो र फुल जोडिएको राखी लाइदिने चलन पनि चल्दै आएको छ । राखी बाध्ने चलन नेपालको तराई क्षेत्र, भारत, बङ्गलादेश लगायतका देशहरुमा धेरै महत्व रहेको छ । रक्षा बन्धनको संस्कृत शब्दावली अनुसार सुरक्षाको गाँठो भन्ने अर्थ लाग्छ र यो चाँड दाजु-भाइ दिदि-बहिनी सम्बन्धको अनन्त प्रेमको प्रतीक हो । दिदि-बहिनीहरुले आफ्नो सफलता , स्वास्थ्य र खुसीको प्राथना गर्न आफ्ना दाजु-भाइको हातमा रक्षा बन्धनको धागो बाँधिदिने चलन छ भने दाजु-भाइहरुले दिदि-बहिनीहरुलाई उपहार दिन्छन् र जस्तोसुकै परिस्थितिमा दिदि-बहिनीहरुलाई जोगाउने बचन दिन्छन् ।
रक्षा बन्धनको दिन काठमाडौंको पशुपतिनाथ, भक्त्तपुरको कुम्भेश्वर महादेव, रसुवाको गोसाईंकुण्ड, जनकपुरको गङ्गासागर, धनुष सागर, सोलुखुम्बुको दूध कुण्ड, खोटाङ्को हलेसी, जुम्लाको दान साधु, नगरकोट लगायतका पर्वतीय शिखर, महादेवस्थान र त्रिवेणीधामहरुमा मेला पनि लाग्दै आएको छ । जनै पूर्णिमाको दिन जनै लगाई सकेपछी धेरै दिन अघिदेखि पानीमा ढडाएर राखेको विभिन्न धरी गेडागुडीहरु टुसा उमारेको क्वाटीलाई पकाएर झोल बनाएर खानी चलन रहीआएको पनि छ ।
सम्पूर्ण हिन्दुहरुको यो चाड सफलहोस, जयहोस शुभकामना ।।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments