पहिरो खसेकोले इन्द्रावती नदी तटीय क्षेत्रमा बाढी आउन सक्ने भएकोले सतर्कता अपनाउन आग्रह
- भाद्र ३, २०८१ मा प्रकाशित
कासिन न्यूज, काठमाडौ ।
जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले सुख्खा पहिरो खसेकोले त्यसले इन्द्रावती नदी तटीय क्षेत्रमा बाढी आउन सक्ने भएकोले स्थानीय बासिन्दाहरूलाई सतर्कता अपनाउन आग्रह गर्दै सूचना जारी गरेको छ । नदी थुनिएर एक्कासी खोलिएमा पाँचपोखरी थाङपाल गाउँपालिका वडा नम्बर ७ र ८, मेलम्ची नगरपालिका वडा नम्बर ७, ९, ११, १२ र १३ तथा इन्द्रावती गाउँपालिका वडा नम्बर १०, ११ र १२ का नदी तटमा बाढी आउन सक्ने भएकोले स्थानीय बासिन्दाहरूलाई प्रशासनले उच्च सतर्कता अपनाउन अनुरोध गरिएको छ ।
पहिरोले इन्द्रावती नदीको बहावमा अवरोध सिर्जना भएको प्रशासनको भनाइ छ । सिन्धुपाल्चोकमा सुक्खा पहिरो झरेका कारण इन्द्रावती नदी थुनिएको छ । सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिका तिपेनीमा सोमबार सुख्खा पहिरो खसेको हो ।
What’s your Reaction?
+1
+1
+1
+1
+1
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments