अविरल वर्षाले कर्णाली राजमार्ग अवरुद्ध
- भाद्र ५, २०८१ मा प्रकाशित
कासिन न्यूज, काठमाडौं इ
अविरल वर्षाले कर्णाली राजमार्ग अवरुद्ध भएको छ । सुर्खेत – जुम्ला सडक खण्ड अन्तर्गत गएराती आएको अविरलले कालिकोट जिल्लाको एसमोड र हुल्ममा पहिरो आउँदा बुधबार बिहानैदेखि राजमार्ग पुर्णरुपमा अवरुद्ध भएको सडक डिभिजन कार्यालय जुम्लाका सुचना अधिकारी वीर बहादुर जिटीले जानकारी दिनुभयो ।
सो ठाउँमा आएको बाढी पहिराले बन्द भएका सडक खुलाउने काम भइरहेको छ । छिटोभन्दा छिटो सडक सञ्चालनमा आउनेगरी काम भइरहेको सडक डिभिजन कार्यालय जुम्लाका सूचना अधिकारी जिटीको भनाइ छ।
विशेषगरी वर्षाले कर्णाली राजमार्गअन्तर्गत कालीकोट खण्डको दहीखोला, गगनेखोला, एसमोड र हुल्ममा बारम्बार पहिरो जाने गरेको छ। यी जोखिम ठाउँहरुमा सडकको स्तरउन्नती सम्बन्धि निकायको ध्यान जान नसक्दा बर्षेदेखि कर्णालीका आम नागरिकले दुख पाउने गरेका छन् ।
सडक बन्द हुँदा जुम्ला,मुगुबाट सुर्खेत,नेपालगन्ज र काठमाडौ जाने सवारीसाधन बिच बाटोमा रोकिदा सयौं यात्रुहरू अलपत्रमा परेका छन् ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments