सम्पदा तथा पर्यटन विभागले वडा कार्यलयहरुलाई दियो यस्तो निर्देशन
- भाद्र ६, २०८१ मा प्रकाशित
कासिन न्यूज, काठमाडौं ।
काठमाडौं महानगरपालिका सम्पदा तथा पर्यटन विभागले मिति २०८१ भाद्र ५ गतेको दिन पत्रकाटि वडा कार्यलयहरुबाट हुने सम्पदासँग सम्बन्धित योजनाहरुको निमार्ण कार्य गराउँदा तपशिलमा उल्लेखित विषयहरुको पालना गरी योजनाहरु कार्यान्वयन गर्न निर्देशन गरेको छ ।
१) प्राचीन स्मारक र पुरातत्व सम्बन्धी ऐतिहासिक वा कलात्मक वस्तुहरुको संरक्षणको निमित्त बनेको प्राचीन स्मारक संरक्षण ऐन २०१३ र नियमावली २०४६ गर्नुपर्ने ।
२) काठमाडौं नगर क्षेत्रको इनभेन्ट्रीमा उल्लेख भएका पुरातात्विक महत्वका मठ मन्दिर सत्तल, ढुंगेधारा वहा वही आदिको पुन:निर्माण, जिर्णोद्वार र मर्मत गर्दा पुरातत्व विभागको स्वीकृति लिनुपर्ने ।
३) पुन:निर्माण, जिर्णोद्वार तथा मर्मत गर्दा सिमेन्टको प्रयोग नगरी परम्परागत निर्माण सामाग्री जस्तो चुना, सुर्खी आदीको प्रयोग गर्ने ।
४) जग्गाको स्वामित्व गुठी अन्तर्गत भए गुठी संस्थानको स्वीकृति लिने ।
५) योजना कार्यान्वयनको जानकारी काठमाडौं महानगरपालिका सम्पदा तथा पर्यटन विभागलाई पनि गराउने ।
काठमाडौं महानगरपालिका सम्पदा तथा पर्यटन विभागले श्री प्रमुखको सचिवालय, श्री उप प्रमुखको सचिवालय, श्री प्रमुखको प्रशाासकिय अधिकृतज्यूको सचिवालय तथा श्री सूचना प्रविधि विभाग काय साइटमा अपलोड गरिदिनु भनि वोधार्थ पठाएको छ ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments