ई–रिक्साको आयात बढे सँगै पाइडल रिक्सा लोप हुँदै
- भाद्र ७, २०८१ मा प्रकाशित
कासिन न्यूज, काठमाडौं ।
पूर्वीनाका काँकडभिट्टाबाट विद्युतीय रिक्सा ई–रिक्साको आयात वर्षेनी बढिरहदा परम्परागत पाइडल रिक्सा लोप भएका छन् । पाँच वर्षमा रु. ८९ करोड ४३ लाख ३६ हजार १६१ मूल्य बराबरको १० हजार १६४ वटा ई–रिक्सा आयात भएको मेची भन्सार कार्यालय काँकडभिट्टाका सूचना अधिकारी गणपति कँडेलले बताउनुभयो ।
उहाँका अनुसार आर्थिक वर्ष २०८०/८१ मा रु. ४१ करोड २० लाख ३९ हजार ९५९ मूल्य बराबरको चार हजार ६४५ ई–रिक्सा पूर्वीनाकाबाट भित्रिएको छ । यसअघिको आव २०७९/ ८० को तुलनामा उक्त आयात दोब्बरभन्दा बढी हो । आव २०७९/८० मा रु. १६ करोड ७१ लाख १९ हजार दुईसय १३ मूल्य बराबरको एक हजार ८५९ ई–रिक्सा आयात भएको थियो । ई–रिक्साको आयात महसुल वापत मेची भन्सार कार्यालयले बिगत पाँच वर्षमा रु. ३१ करोड ३७ लाख ३२९ राजस्व असुली गरेको भन्सारले जनाएको छ ।
आव २०७६/७७ मा यही नाकाबाट रु। आठ करोड ८१ लाख ५१ हजार ८४० मूल्य बराबरको एक हजार ३२ वटा ई–रिक्सा आयात भएको थियो भने आव २०७७/७८ मा रु। आठ करोड ७२ लाख सात हजार ९९९ मूल्य बराबरको एक हजार ११५ आयात भएको थियो । तथ्यांकले ई–रिक्साको आयात वर्षेनी निरन्तर बढेको देखाउँछ । आव २०७८\ ७९ मा रु. १३ करोड ९८ लाख १७ हजार १५० मूल्य बराबरको एक हजार ५१३ वटा ई–रिक्सा काँकडभिट्टास्थित भन्सार भएर आयात भएको थियो ।
विगत पाँच वर्षयता झापाको सहर बजारमा विद्युतीय रिक्साले छोटो दूरीको सवारीमा एकछत्र सेवा पुर्याउँदै आएको छ । विद्युतीय रिक्सा भित्रिएपछि परम्परागत पाइडल रिक्सा लोप भइसकेका छन् । विद्युतीय रिक्सा व्याट्रीबाट चल्ने हुँदा यसलाई घरमै रिचार्ज गरेर चलाउन सकिन्छ भने चालकलाई यसले थप सुविधाजनक तुल्याएको छ ।
बिगतमा परम्परागत रिक्सा चलाउनेहरुले अहिले ई–रिक्सा खरिद गरेर गुजारा चलाउन थालिसकेका छन् । यसैबीच, पूर्वीनाका काँकडभिट्टा हुँदै बिगत पाँच वर्षमा रु. दुई करोड ४० लाख १३ हजार २४७ मूल्य बराबरको १४५ वटा तीन पांग्रे स्कुटर भन्सार महसुल छुटमा आयात भएको छ ।
मेची भन्सार कार्यालयबाट प्राप्त तथ्यांक अनुसार फरक क्षमता भएका शारीरिक अशक्त व्यक्तिहरुले प्रयोग गर्ने तीन पांग्रे स्कुटर भन्सार छुटमा आयात गर्दा प्रज्ञापन पत्र वापत रु। पाँच सय र मूल्य अभिवृद्धि करवापत रु. ६५ मात्र महसुल बुझाउनु पर्दछ ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments