थाईल्याड विमान दुर्घटनामा परी ९ जनाको मृत्यु
- भाद्र ७, २०८१ मा प्रकाशित
कासिन न्यूज, काठमाडौं ।
थाईल्याडको राजधानी बैङ्ककको दक्षिणपूर्वमा टर्बोप्रप इन्जिनबाट चल्ने एक विमान दुर्घटना भई जङ्गलमा खस्दा बेपत्ता भएका ९ जनाको मृत्यु भएको उद्धारकर्ताहरूले शुक्रबार जनाएका छन् । विमान बिहीबार चाचेओङ्साओ प्रान्तको जङ्गलमा खसी दुर्घटनाग्रस्त भएपछि जहाजमा रहेका सबै व्यक्तिहरूको मृत्यु भएको अनुमान गरिएको थाई अधिकारीहरूले जनाएका छन् ।
दुई पाइलट तथा सात जना यात्रु सहित नौ जना सवार जहाज बैङ्ककको सुवर्णभूमि विमानस्थलबाट थाइल्यान्डको खाडीस्थित ट्राट प्रान्ततर्फ जाँदै गर्दा दुर्घटना भएको स्रोतले जनाएको् छ । दुर्घटनापछि बेपत्ता व्यक्तिहरूलाई खोज्ने प्रयास गरिरहेको बताउँदै विमानमा सवार सबै जनाको मृत्यु भइसकेको चाचोङ्साओका गभर्नर चोन्लेटी याङट्रोङ्गले घटनास्थलमा पत्रकारहरूलाई जानकारी दिनुभयो ।
स्थानीय सञ्चारमाध्यमका अनुसार जहाजमा सवार यात्रुहरूमा २ बालबालिका सहित ४ थाई र ५ चिनियाँ नागरिक थिए । दुर्घटनाग्रस्त विमानको खोजी कार्यका लागि ३०० भन्दा बढी सैन्य कर्मचारी र स्वयंसेवक तैनाथ गरिएको छ भने अधिकारीहरूले दुर्घटनाको कारण पत्ता लगाउन अनुसन्धान सुरु गरीसकेका छन् ।
खोजीकर्ताहरूले दुर्घटनामा परेका मानिसहरूका शरीरका केही अङ्ग तथा विमानका टुक्राहरू फेला पारेको अधिकारीहरूले बताएका छन् ।अधिकारीहरूका अनुसार भारी वर्षाका कारण खोजी कार्यमा बाधा पुगेको छ । तर चोन्लेटीले वेपत्ताहरू फेला नपारेसम्म खोजीकार्य नरोकिने उल्लेख गर्नुभयो ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments