पाकिस्तानमा रकेट आक्रमणमा परी १२ प्रहरीको मृत्यु
- भाद्र ७, २०८१ मा प्रकाशित
कासिन न्यूज, काठमाडौं ।
मध्य पाकिस्तानमा बिहीबार प्रहरीमाथि भएको रकेट आक्रमणमा मृत्यु हुनेको सङ्ख्या १२ पुगेको प्रहरीले शुक्रबार जनाएको छ ।दक्षिणी सिन्ध र मध्य पञ्जाब प्रान्तका नदी किनारमा दशकौँदेखि सङ्गठित आपराधका गिरोहहरू सक्रिय छन् । “आक्रमणमा कम्तीमा बाह्र जना प्रहरी मारिएका छन् भने अन्य आठ जना घाइते भएका छन्,” प्रहरी प्रवक्ता सैफ अली वेन्सले बताउनुभयो ।
पञ्जाब प्रान्तको रहिम यार खान जिल्ला हुँदै बिहीबार साँझ करिब २२ जना प्रहरी सवार दुईवटा प्रहरी गाडीहरू यात्रा गरिरहेका थिए जसमध्ये एउटा भ्यान बाढीमा फसेको हो । अपराधिक गिरोहले फसेका अधिकारीहरूलाई लक्षित गरी रकेट आक्रमण गरेको वेन्सले बताउनुभयो । आक्रमणको मुख्य अपराधी रातको कारबाहीमा मारिएको शुक्रबार प्रहरीले जारी गरेको एक विज्ञप्तिमा उल्लेख छ ।
“अपराधीहरूको पहिचान नभएसम्म अभियान जारी रहनेछ,” विज्ञप्तिमा भनिएको छ । सेनाले सन् १९९० को दशकको सुरुमा सिन्धमा आपराधिक गिरोहविरुद्ध सशक्त कारबाही सुरु गरेको थियो । तर त्यसपछिको सरकारले प्रान्तमा कानुन र व्यवस्था कायम गर्न असफल भएपछि उनीहरू फेरी सक्रिय भएका छन् । प्रधानमन्त्री शाहबाज सरिफले आक्रमणकारी विरुद्ध तत्काल र प्रभावकारी कारबाही’ गर्न आदेश दिनुभएको छ ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments