मुर्रा राँगाबाट वीर्य सङ्कलन गरी वितरण सुरु. पशुपालनमा आत्म निर्भर हुने प्रयास
- भाद्र ८, २०८१ मा प्रकाशित
कासिन न्यूज, काठमाडौं ।
भैसीमा पहिलोपटक उन्नत जातको नश्ल सुधारका लागि भारतबाट ल्याइएका मुर्रा राँगाबाट वीर्य सङ्कलन गरी वितरण सुरु भएको छ । पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणका क्रममा भारतले नेपाललाई उपहार स्वरुप प्रदान गरेको राँगामध्ये सात पोखरास्थित राष्ट्रिय पशु प्रजनन् कार्यालयमा ल्याइएको थियो ।
यहाँ रहेकामध्ये एक वटाबाट वीर्य सङ्कलन गरेर कृत्रिम गर्भाधानका लागि वितरण गरिएको कार्यालयका प्रमुख पशु विकास अधिकृत डा जगदिश पाण्डेले जानकारी दिनुभयो । बाँकी राँगाबाट वीर्य सङ्कलनका लागि सिकाइएको चरणमा रहेको अबको दुइदेखि तीन महिनामा सबैबाट सङ्कलन हुने उहाँले बताउनुभयो ।
प्रमुख पशु विकास अधिकृत पाण्डेले भन्नुभयो, “क्वारेन्टिन, उमेर, सिकाइलगायत सबै प्रक्रिया पूरा गरेर मात्र सिमेन सङ्कलन र गुणस्तर परीक्षणपछि मात्र वितरणको काम हुन्छ । अहिले एउटाबाट सङ्कलन भएको तीनदेखि पाँच हजार डोज वितरण गरेका छौँ । बाँकी राँगा ट्रेनिङमा नै छन् ।”
कार्यालयका अनुसार वर्षमा एउटा राँगाबाट २० हजारदेखी ३० हजार डोज सिमेन उत्पादन हुनेछ । हप्तामा सोमबार र बिहीबार वीर्य सङ्कलन हुँदै आएको छ । एक हप्तामा एउटाबाट चार सय डोज जति सङ्कलन हुने कार्यालयका सूचना अधिकारी एवं वरिष्ठ पशु विकास अधिकृत भरतराज गौतमले बताउनुभयो ।
“हामीले यहाँ ल्याएर सुरुमा २१ दिन क्वारेन्टिमा राख्यौँ । कतिपयको उमेर पुग्न बाँकी थियो । उमेर पुगेपछि बल्ल सङ्कलन गछौँ ।” डा गौतमले भन्नुभयो, “सङ्कलन गर्ने वित्तिकै वितरण गर्न हुँदैन, गुणस्तर परीक्षण गरेर ठीक छ भनेपछि मात्र कृत्रिम गर्भाधानकर्तामार्फत भैँसीको नश्ल सुधार गरिन्छ ।” कार्यालयले सङ्कलित वीर्य आफ्नो वितरण रुटमार्फत जिल्लास्थित भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, स्थानीय पालिका र कृत्रिम गर्भाधानकर्तामार्फत कृषकलाई उपलव्ध गराउँदै आएको छ ।
राष्ट्रिय पशु प्रजनन् कार्यालय पोखराको कार्यक्षेत्र रहेका बागमती, गण्डकी र लुम्बिनी प्रदेशका ३१ जिल्लामा कृत्रिम गर्भाधानका लागि कृषकलाई वितरण गरिने वरिष्ठ पशु विकास अधिकृत डा गौतमले बताउनुभयो । कृषि तथा पशुपंक्षीको क्षेत्रमा दुई देशबीचको सहकार्य अनुरुप नेपालको अनुरोधमा भारतले राँगा उपलव्ध गराएको थियो । भैसीमा पहिलोपटक उन्नत जातको नश्ल सुधारका लागि भारतबाट १५ राँगा ल्याइएको थियो । पशु चिकित्सकका अनुसार उच्च नश्लका मुर्रा भैसीहरूले रैथाने भैँसीभन्दा दोब्बर परिमाणमा दूध दिन्छन् । सरकारले यहाँका रैथाने भैसीमा नश्ल सुधार गर्न भारतबाट राँगा ल्याएको हो । नेपाल ल्याइएका मुर्रामध्ये सात वटा पोखरा, पाँच वटा लहान र तीन नेपालगञ्जमा राखिएको छ ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments