श्रीकृष्ण जन्माष्टमी विशेष : राधा र कृष्णका मायाका संवादहरु

- भाद्र १०, २०८१ मा प्रकाशित


कासिन न्यूज, काठमाडौं ।

बाँसुरी बाधक र बाँसुरीको सुमधुर ध्वनीबाट सबैलाई मन्त्रमुग्ध पार्न सक्ने प्रभावशाली व्यक्तित्वका धनी, सालिन तथा चतुर स्वभाव, मुस्कानमा हर्ष, मनको सौन्दर्यता र सौम्यताका संगमयूक्त्त साथै अत्यन्तै चहक स्वभावका धनी श्रीकृष्ण को जन्माष्टमी प्रत्येक वर्ष भाद्र कृष्ण अष्टमीका दिन पूजा आराधना गरी आज हिन्दु धर्मावलम्वीहरुले त्यसमा पनि कृष्णका भक्त्तहरुले हातमा मुरली, साथमा गोपिनीहरु, शिरमा मयूरको प्वाँख, शितल बँगैचामुनीको राम्रो वातावरणमा विराजमान रहेका प्यारा भक्त्तहरुको प्रिय भगवान् श्रीकृष्णको जन्मदिवस मनाउँदैछन् ।

भगवान् श्रीकृष्णको आजैको दिन मामा कंशको कैदमा रहेका पिता वासुदेव र माता देवकीको गर्भबाट जन्म भएको मान्यता रहिआएको छ । कृष्ण जन्माष्टमीलाई सातम, आठम, गोकलष्टमी, अष्टमी रोहिनी, श्रीकृष्ण जयन्ती, श्री जयन्ती वा साधारण भाषामा जन्माष्टमी भन्ने गरिन्छ । भगवान् श्रीकृष्णको चर्तिकलाले उनको परिचयका श्रृंखला थुप्रै छन् । उनलाई मखन चोर, बदमास, गोपिनीहरुका पानी र दुधका घैला फूटाउने चकचके जस्ता उपनामले पनि परिचीत छन् । तर जस्तोसुक बदमास भएपनि उनका कथाहरु र घटनाहरु बृन्दावन, मथूरा र यमुना किनारमा मात्र नभई सम्पूर्ण भू -लोकमै चर्चित छन् ।

भगवान् श्रीकृष्णको नामसँगै राधाको नाम पनि आस्थाको साथ लिएर पुजिन्छ र राधाकृष्णको मन्दिरहरु संसारभरि नै छन् तर इतिहासमा राधा र कृष्णको विवाहको प्रसँग कहिकतै लिपिबद्ध गरेको देखिदैन । मानिसहरुले यही कारणले भन्ने गरेका छन् कि माया र प्रेम फरक हुन्छ त्यसैले श्रीकृष्णले राधालाई माया र रुकमिणीलाई प्रेम गरेका थिय । माया विवाहबन्धनमा नै बाँधिनु पर्छ भन्ने छैन माया एक अमर प्रेम हो । इतिहासमा श्रीकृष्ण र रुकमिणीको विवाह बन्धनमा बाँधिएको कुरा उल्लेख गरेपनि कृष्णको नामको अगाडि राधा जोडिनुलाई माया एक अमर प्रेम हो भन्ने अर्थ दिईन्छ ।

राधा र कृष्णका संवादमा एक दिन राधाजीले कृष्णजीलाई सोध्नुभयो :

राधाजी : रीस के हो ?
कृष्णजीले उत्तर दिनुभयो : कसैको गल्तिको सजाय आफुलाई दिनु नै रीस हो ।
फेरी राधाजीले सोध्नुभयो : मित्रता र मायामा के फरक छ ?
कृष्णजीले हाँसेर जवाफ दिनुभयो : माया भनेको सून हो र मित्रता भनेको हीरा , सून टुटेर फेरी बन्न सक्छ तर हीरा टुटेर फेरी बन्दैन ।राधाजीले फेरी सोध्नुभयो : म कहाँ छु ?
कृष्णजीले उत्तर दिनुभयो : तिमि मेरो सास, धड्कन, तन मन सबैतिर छौ ।
फेरी राधाजीले सोध्नुभयो : म कहाँ छुइन ?
कृष्णजीले उत्तर दिनुभयो : तिमि मेरो भाग्यमा छैनौ ।
राधाजीले सोध्नुभयो : मायाको वास्तविक मतलब के हो ?
कृष्णजीले हाँसेर जवाफ दिनुभयो : जहाँ मतलब हुन्छ त्यहाँ माया हुदैन ।
राधाजीले सोध्नुभयो :  तपाईंले मलाई माया गर्नुभयो तर बिहे रुकमिणि सँग गर्नुभयो किन ?
कृण्णजीले हाँसेर उत्तर दिनुभयो : बिहे गर्न दुईजना चाहिन्छ तर हामि त एउटै हो ।

हिन्दुहरुको जुनसुकै भगवानको मन्दिरमा भएपनि राधाकृष्णको नामको, श्रीकृष्णको चरीत्रको वा प्रभावकारीताको भजन नै प्राय धेरै सुन्न पाईन्छ र गाईन्छ । श्रीकृष्ण आफैमा हँसिलो स्वभावका, कालो घुम्रिएको कपालमा मयूरको प्वाँख सजिएका, गलामा सुगन्धित रङ्गीचङ्गी फुलकोमाला पहिरीएका, पोशाकका रंगहरु बिजुली चम्केका जस्ता चम्किला , खुट्टाका नङ्ग्राका रगंहरुले चन्द्रमाको आभास जस्तो रुप देखिने खालका भएका कृष्णजीलाई गोपिनीहरुले मात्र नभै प्राय सबैले मन पराउँछन् र सबैका प्यारा कृष्ण भएका छन् ।
श्रीकृष्ण जन्माष्टमीको सबैमा शुभकामना, सबैको प्राधना पुराहोस । आजको दिन शुभ रहोस , जयहोस ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर