ताप्लेजुङ गोल्डकप : टिकट बिक्रीबाट रु २० लाख सम्मको आम्दानी गर्ने लक्ष्य
- भाद्र ९, २०८१ मा प्रकाशित
कासिन न्यूज, काठमाडौं ।
ताप्लेजुङमा जारी अन्तर्राष्ट्रिय आमन्त्रण दोस्रो ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगितामा टिकट बिक्रीबाट अहिलेसम्म रु १३ लाख ६३ हजार सात सय सङ्कलन भएको छ । प्रतियोगिताको सेमिफाइनलसम्मको खेलहरुमार्फत उक्त रकम सङ्कलन भएको हो ।
आयोजक लाखेजात्रा सञ्चालन समितिका कोषाध्यक्ष निरोज श्रेष्ठका अनुसार शुक्रबार र शनिबार दुई दिनमा मात्रै सेमिफाइनल खेलहरूबाट रु ६ लाख ५२ हजार ८ सय सङ्कलन भएको थियो । शनिबारको खेलबाट मात्र रु ३ लाख ४४ हजार र शुक्रबारको खेलबाट रु ३ लाख ८ हजार ८ सय सङ्कलन भएको उहाँले जानकारी दिनुभयो ।
यस अघि, क्वार्टरफाइनल चरणका ४ खेल सम्पन्न हुँदा रु ७ लाख १० हजार ९ सय रकम सङ्कलन भएको थियो । सेमिफाइनल खेलका लागि टिकट दर प्रतिव्यक्ति रु २ सय तोकिएको थियो भने क्वार्टरफाइनल खेलमा रु १ सय राखिएको थियो । फाइनल खेल यही भदौ १० गते सोमबार सम्पन्न हुनेछ । फाइनल खेल हेर्नका लागि टिकट दर रु २ सय ५० निर्धारण गरिएको आयोजकले जनाएको छ ।
समितिका अध्यक्ष देवराज गुरुङले यस वर्ष टिकट बिक्रीबाट रु २० लाखसम्मको आम्दानी गर्ने लक्ष्य राखिएको बताउनुभयो । प्रतियोगिताको विजेताले ट्रफी, मेडल, प्रमाणपत्रसहित रु ५ लाख नगद पुरस्कार प्राप्त गर्नेछन् भने उपविजेताले रु २ लाख ५० हजार ५ सय ५५ नगद पुरस्कार पाउनेछन् । टिकट बिक्रीबाहेक प्रतियोगिताका लागि अन्य माध्यमबाट आर्थिक सहयोग सङ्कलन भइरहेको समितिले जनाएको छ ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments