तिजको भड्किला तथा विकृति फैलाउने कार्यक्रम भन्दा महिला आफैले उत्पादन गरेको सामग्री बिक्री तथा प्रदर्शनीमा व्यस्त
- भाद्र ९, २०८१ मा प्रकाशित
कासिन न्यूज, काठमाडौं ।
तिजपर्वका अवसरमा नुवाकोट उद्योग वाणिज्य सङ्घले ‘महिला उद्यमीले उत्पादन गरेको कृषि उब्जनी तथा हस्तकलाका सामग्री बिक्री तथा प्रदर्शनी’मा राखेको छ । तिज विशेष कार्यक्रमसहित जिल्लाका किसान तथा उद्यमी महिलाले तयार गरेको स्थानीय उत्पादनलाई शनिबारदेखि प्रदर्शनी तथा बिक्रीकक्ष मार्फत उद्यमी र उपभोक्तालाई लाभ पुग्ने कार्यक्रम सञ्चालनमा ल्याएको सङ्घका सचिव मधुसुदन थपलियाले जानकारी दिनुभयो ।
उहाँका अनुसार तिजपर्व सुरु हुनुभन्दा धेरै अघिदेखि भड्किला तथा विकृति फैलाउने कार्यक्रम आयोजना हुने गरेकामा वाणिज्य सङ्घले पहिलोपटक बिक्री तथा प्रदर्शनी आयोजना गरेको हो । यसबाट उद्यमी र उपभोक्ता दुवै पक्षलाई लाभ पुगेको छ ।
“प्रदर्शनीमा तरकारी र मसालेदार बाली उपभोक्ताको रोजाइमा परेको छ”, सचिव थपलियाले भन्नुभयो, “हस्तकला तथा साना घरेलु उद्योगमा उत्पादित ढाकाबाट बुनेका कपडा, सरसफाइलगायत दैनिक जनजीवनमा प्रयोग हुने सामग्रीको कारोबार उत्साहजनक छ ।”
सहुलियत शुल्कमा स्थानीय उत्पादनका सामग्री ताजा र सहुलियत शुल्कमा उपलब्धताले उद्यमीलाई प्रोत्साहन र उपभोक्तालाई फाइदा पुगेको विदुर नगरपालिका–२ शेराका सरस्वती अधिकारीले बताउनुभयो । तिजका बाहनामा हुने भड्किला कार्यक्रमको साटो महिला उद्यमीलाई प्रोत्साहन र उपभोक्तालाई सहुलियत शुल्कमा गुणस्तरीय सामग्री उपभोगको अवसर मिलेकाले आगामी दिनमा यस्तै रचनात्मक कार्यलाई निरन्तरता दिनुपर्ने उहाँको सुझाव छ ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments