आज भने नेप्से परिसूचक सामान्य अङ्कले वृद्धि
- भाद्र १२, २०८१ मा प्रकाशित
कासिन न्यूज, काठमाडौं ।
यो सातामा कारोबारका अघिल्ला दुई दिन लगातार उच्च अङ्कले घटेको नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक आज भने सामान्य अङ्कले बढेको छ । आज नेप्से परिसूचक ३ दशमलव ८० अङ्कले बढेर २ हजार ७ सय ८६ दशमलव ४० को विन्दुमा कायम भएको हो ।
आज २ सय २६ कम्पनीको ३ करोड ५० लाख ७ हजार ३९ कित्ता शेयर १ लाख ६८ हजार १ सय ७५ पटक खरिदबिक्री हुँदा रु १३ अर्ब ७२ करोड ७३ लाख ६८ हजार ३ सय ९३ बराबरको कारोबार भएको छ । आजको कारोबारमा बैंकिङ शून्य दशमलव ९२, होटल तथा पर्यटन शून्य दशमलव ०९, जलविद्युत् शून्य दशमलव ४९ र लगानी १ दशमलव ०१ प्रतिशतले बढेको छ ।
त्यस्तै, उत्पादन तथा प्रशोधन शून्य दशमलव ०३, म्युचुअल फण्ड शून्य दशमलव ९३ र अन्य समूह शून्य दशमलव ०९ प्रतिशतले बढेको छ । अरु सबै समूहको उपसूचक घटेको छ । व्यापार १ दशमलव ४३, निर्जीवन बीमा शून्य दशमलव ९७, लघुवित्त १ दशमलव ०८, जीवन बीमा शून्य दशमलव ४४, वित्त १ दशमलव ६९ र विकास बैंक शून्य दशमलव ८० प्रतिशतले घटेको छ ।
लिबर्टी इनर्जी कम्पनी लिमिटेड, हिमालयन हाइड्रोपावर लिमिटेड र मिड सोलु हाइड्रोपावर लिमिटेडको शेयर मूल्यमा आज सकारात्मक सर्किट लागेको छ । सबैभन्दा धेरै गुमाउनेमा भने कर्णाली डेभलपमेन्ट बैंक लिमिटेडको शेयर मूल्य ६ दशमलव ८८ प्रतिशतले घटेको छ ।
कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै चन्द्रागिरि हिल्स लिमिटेडको रु ४३ करोड ७ लाख ८६ हजार ९ सय बराबरको शेयर किनबेच भएको छ । कारोबार भएका शेयर सङ्ख्याका आधारमा हाइड्रोइलेक्ट्रिस सिटी इन्भेस्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेडको १० लाख ६० हजार दुई सय ८४ कित्ता शेयर खरिदबिक्री भएको छ ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments