सडक अवरुद्ध हुँदा रु ४ करोड बराबरको चिनियाँ फलफूल आयात अवरुद्ध
- भाद्र १२, २०८१ मा प्रकाशित
कासिन न्यूज, काठमाडौं ।
सडक अवरुद्ध हुँदा तातोपानी नाकाहुँदै चीनबाट गरिँदै आएको फलफूल आयात रोकिएको छ । यसअघि दैनिक रु ४ करोड बराबरको चिनियाँ फलफूल आयात भइरहेकामा हाल सडक अवरुद्ध हुँदा रोकिएको छ ।
तातोपानी भन्सार कार्यालयका प्रमुख दयानन्द केसीका अनुसार बाढीपहिरोका कारण पटक–पटक कोदारी राजमार्ग अवरुद्ध हुँदा चीनबाट गरिँदै आएको फलफूल आयात रोकिएको हो । फलफूल बाटोमै कुहिने समस्या भएपछि व्यवसायीले गत असारदेखि नै आयात रोकेका हुन् । स्याउ, अनार, अङ्गुुरसँगै नासपाती, सुन्तला, अम्बा, ओखर, किबी, जुनारलगायत फलफूल चीनबाट आयात गर्ने गरिएको उहाँले बताउनुभयो । आयात रोकिएपछि राजस्वमा प्रत्यक्ष असर परेको प्रमुख केसी बताउनुहुन्छ ।
हाल उक्त नाकाबाट हुने निर्यात पनि शून्य नै रहेको छ । नेपालबाट निर्यात हुने हस्तकलाका सामान, खाद्यान्न, जडीबुटीजन्यलगायत सामान तातोपानी नाकाहुँदै व्यापारीले चीनतर्फ निर्यात गर्न पाएका छैनन् । असार अन्तिमसम्म दैनिक चिनियाँ फलफूल आयात हुन्थ्यो । बर्खामा चीनबाट आयातित फलफूल समयमा ढुवानी नहुने समस्याले गर्दा व्यवसायीले अघिल्ला वर्षमा बेहोर्नु परेको नोक्सानलाई ध्यानमा राख्दै गर्दै यसपटक आयात नै रोकेको व्यवसायी हाउडे दोर्जे लामा बताउनुहुन्छ ।
दसैँका लागि सामग्री बोकेर आएका करिब ८० चिनियाँ कन्टेनर न्यालम नजिक बाटोमा रोकिएका छन् । विभिन्न सामान बोकेका कन्टेनर १४ दिनदेखि बाटोमै छन् । यस्तै विभिन्न सामानसहितका एक सय तीन चिनियाँ कन्टेनर पनि बीच बाटोमै अड्किएका तातोपानी भन्सारले जनाएको छ ।
नेपाल हिमालय सीमापार वाणिज्य सङ्घका सचिव आङ्दोर्जे शेर्पाका अनुसार खासा पुनःनिर्माण अन्तर्गत बीच भागमा सुरुङ निर्माण जारी रहेकाले सामान रोकिएको हो । पार्किङ भाडा मात्रै दैनिक एक हजार चिनियाँ युयान तिर्नुपरिरहेको उहाँले बताउनुभयो । चिनियाँ गाडी तातोपानी आउन जति ढिला भयो सामानको मूल्य त्यति नै बढी पर्ने शेर्पा बताउनुहुन्छ । नाकामा होटल, रेस्टुरेन्ट र पसल भने खुल्न थालेका नेपाल ट्रक कन्टेनर मजदुर सङ्घका अध्यक्ष अर्जुन सापकोटा बताउनुहुन्छ ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments