नेप्से परिसूचक आज झण्डै ३७ अङ्कले ओरालो
- भाद्र १३, २०८१ मा प्रकाशित
कासिन न्यूज, काठमाडौं
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झण्डै ३७ अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ३६ दशमलव ८३ अङ्कले ओरालो लागेर २ हजार ७ सय ४९ दशमलव ५७ मा ओर्लेको छ ।
यस्तै ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ८ दशमलव ३५ अङ्कले ओरालो लागेर ४ सय ८९ दशमलव ७९ मा ओर्लेको छ । कारोबार भएका कूल १३ उपसमूहमध्ये आज १२ उपसमूहको शेयर मूल्यमा गिरावट आउँदा एक उपसमूहको मात्रै उकालो लागेको छ ।
कूल २ करोड ८३ लाख ४६ हजार २ सय ४६ कित्ता शेयर रु १२ अर्ब २४ करोड ३६ लाख १ हजार ३ सय ६५ मूल्यमा कारोबार भएको छ । नेप्सेका अनुसार कुथरी बखरी स्मल हाइड्रोपावरको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ ।
रसुवागढी हाइड्रोपावर ९ दशमलव ९९, मिड सोलु हाइड्रोपावर ८ दशमलव ४८, मितेरी डेभलपमेन्ट बैंक ७ दशमलव ८९ र पिपल्स हाइड्रोपावरका लगानीकर्ताले ७ दशमलव ६२ प्रतिशतले कमाएका छन् ।
यस्तै थ्री स्टार हाइड्रोपावर १०, विन नेपाल लघुवित्त ५ दशमलव ८४, एनआरएन इन्फास्ट्रक्चर ५ दशमलव शुन्य ८, तारागाउँ रिजेन्सी होटल ४ दशमलव ९९ र नाडेप लघुवित्तका लगानीकर्ताले ४दशमलव ७८ प्रतिशतले गुमाएका छन् ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments