स्थानीय तहमा भ्रष्टाचार मौलायो : सांसद अशोक कुमार चौधरी

- भाद्र १३, २०८१ मा प्रकाशित


कासिन न्यूज, काठमाडौं
अशोक कुमार चौधरीले स्थानीय तहमा बोलपत्र आह्वानदेखि योजना कार्यान्वयनसम्म चर्को अनियमितता भएको पाइएकाले किन त्यस्तो भएको हो भन्ने बारेमा सम्बन्धित निकायले छानबिन गर्नुपर्ने बताउनुभयो ।

सांसद रोशन कार्कीले प्रतिनिधिसभामा सत्तापक्ष र विपक्षबीच जुहारी चलीरहेकाप्रति गुनासो गर्दै तत्काल बन्द गर्न सभामुखको ध्यानाकर्षण गर्नुभयो । उहाँले भन्नुभयो, “एकले अर्कोलाई गाली मात्रै गरेको छ । नेपाली जनताले के भन्लान् ? ठूला राजनीतिक दलले के गर्नुभयो ?”

सांसद अमरबहादुर थापाले शिक्षा विधेयकमा परेको संशोधन राख्नु भएका सांसदले समय दिन नसक्दा प्रक्रिया अगाडि बढाउन समस्या भएको बताउनुभयो । उहाँले मुलुकको शिक्षा प्रणाली कस्तो बनाउने भन्ने बारेमा सबैको सार्थक सहयोगको आवश्यकता औंल्याउनुभयो ।

सांसद माधव सापकोटाले जनयुद्धलाई अपमान गर्ने छुट कोही कसैलाई नभएको बताउनुभयो । गरिमामय कुनै पनि आन्दोलनलाई अपमान गरिए त्यो आफूहरूलाई स्वीकार्य नभएको उल्लेख गर्दै उहाँले संविधान विरुद्ध नजान आग्रह गर्नुभयो । सांसद सापकोटाले संविधान संशोधन अग्रगमनतर्फ हुनुपर्ने धारणा राख्नुभयो ।

सांसद निशा डाँगीले सडक दुर्घटना दैनिक बढोत्तरीका कारण जनधनको क्षति भएको भए पनि नियन्त्रणका लागि सरकारले उदासिनता देखाएको बताउनुभयो ।

सांसद विरेन्द्र महत्तो, सर्वेन्द्रनाथ शुक्ला, अमरेशकुमार सिंह, सञ्जयकुमार गौतम, रामहरि खतिवडा, पदम गिरी, ठाकुर गैरे, भगवती चौधरीलगायतले आ–आफ्नो धारणा राख्नुभएको थियो ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर