मानव निर्मित जलवायु परिवर्तनका कारणले हावाको गति ७ प्रतिशत वृद्धि

- भाद्र १३, २०८१ मा प्रकाशित


कासिन न्यूज, काठमाडौं
जलवायु परिवर्तनले चक्रवात गेमीको हावा र वर्षालाई थप शक्तिशाली बनाएकाले यस वर्षको सुरुमा फिलिपिन्स, ताइवानलगायत मुख्य भूमि चीनमा दर्जनौं मानिसहरूको ज्यान लिएको मौसमविद्हरूले बिहीबार जनाएका छन् ।

गेमीले गत जुलाईमा फिलिपिन्समा बाढी र पहिरो निम्त्याउँदा कम्तिमा ४० जनाको ज्यान लिई ताइवान र चीनमा अवतरण भएको थियो ।

चीनमा, मौसम प्रणालीका कारण भएको भारी वर्षाले ५० जनाको ज्यान लिनुका साथै तीन लाखलाई विस्थापित गरेको अधिकारीहरूले बताएका छन् ।

मौसमी घटनाहरूमा जलवायु परिवर्तनको भूमिकाको मूल्याङ्कन गर्न सहकर्मी–समीक्षा विधि को नेतृत्व गर्ने वल्र्ड वेदर एट्रिब्युसन डब्ल्युडब्लुए ले चक्रवातबाट बढी प्रभावित फिलिपिन्स, ताइवान र चीनको अनुगमन गरेको छ ।

डब्ल्युडब्लुएले मानव निर्मित जलवायु परिवर्तनका कारणले हावाको गति ७ प्रतिशत वृद्धि भएको तथा वर्षा पनि बढेको निश्कर्ष निकालेको थियो ।

‘इम्पेरियल कलेज लन्डन’को ‘ग्रान्थम इन्स्टिच्युट–क्लाइमेट चेन्ज एन्ड द इन्भाइरनमेन्ट’का निर्देशक राल्फ तौमीललाई उदृत गर्दै अध्ययनले तातो समुद्र र वातावरणले अधिक शक्तिशाली र लामो समयसम्म टिक्ने र घातक चक्रवातलाई जन्म दिइरहेको जनाएको छ ।

मौसमसम्बन्धी अनुसन्धानकर्ताहरूले इम्पेरियल कलेज लन्डनद्वारा विकसित नयाँ दृष्टिकोणको प्रयोग गरी उष्ण आँधीबेहरीका सम्बनधमा अध्ययन गरिएको थियो ।

यो विधिले उष्णकटिबन्धीय चक्रवातलाई पार गर्न कम्प्युटर मोडलिङ प्रयोग गर्दछ ।

एसिया–प्रशान्त क्षेत्रले लामो समयदेखि चक्रवातसँग जुधिरहेको बेला, वैज्ञानिकहरूले ‘चक्रवातको अन्तर र गेमीले निम्त्याएको प्रभाव’लाई थप व्याख्या गरेका छन् ।

वैज्ञानिकहरूले बाढी व्यवस्थापन र लक्षित चेतावनीका लागि आह्वान गर्दै आँधीको सम्भावित प्रभावको बारेमा थप जानकारी प्रदान गरेका छन् ।

चक्रवात सानसानले जापानमा अवतरण गरेपछि यो अध्ययन रिपोर्ट जारी गरिएको हो ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर