चट्याङ लागेर एक जनाको घटनास्थलमै मृत्यु , एक जना घाइते
- भाद्र १३, २०८१ मा प्रकाशित
कासिन न्यूज, काठमाडौं ।
जिल्लाको कालिका नगरपालिका–१० स्थित पाईमराङमा आज दिउँसो परेको चट्याङ लागेर एक जनाको घटनास्थलमै मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।
चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार चट्याङ लागेर पाईमराङका ५० वर्षीय दिलबहादुर प्रजाको मृत्यु भएको छ । घरदेखि एक किलोमिटर पूर्वतर्फ आफन्तको घरमा गएको बेलामा आज दिउँसो ३ बजे उनलाई चट्याङ लागेको थियो ।
त्यसैगरी सोही चट्याङ लागेर सोही स्थानकी २४ वर्षीय सरिता चेपाङ घाइते भएको यादवले जानकारी दिनुभयो । घाइते चेपाङको दाहिने हात र दाहिने खुट्टामा चोट लागेको छ । घाइते चेपाङकोे उपचारको लागि भरतपुर अस्पताल लगिएको छ ।
What’s your Reaction?
+1
+1
+1
+1
+1
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments