लागु औषध दुर्व्यसनविरुद्ध युवा तथा विद्यार्थीहरु सचेतना अभियानसहित जाग्नुपर्छ: अध्यक्ष नेपाल

- भाद्र १४, २०८१ मा प्रकाशित


कासिन न्यूज, काठमाडौं ।
नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल लागु औषध दुर्व्यसनविरुद्ध युवा तथा विद्यार्थीहरु जाग्न आवश्यक रहेको बताउनुभएको छ ।

दोलखामा रहेको गाईखुरा युवा क्लबले आज यहाँ आयोजना गरेको लागु औषध दुर्व्यसनविरुद्ध सचेतना कार्यक्रममा अध्यक्ष नेपालले लागू औषध दुर्व्यसन तथा कुलतबाट जोगाउनका लागि युवा एवं विद्यार्थीको भूमिका अहम रहने बताउनुभयो ।

उहाँले भन्नुभयो, “पछिल्लो समय लागु औषध दुर्व्यसनमा धेरै जसो युवा पुस्ता फस्दै गएको पाइन्छ । त्यसैले यसविरुद्ध विद्यालय र क्याम्पसमा अध्ययनरत विद्यार्थी र सामाजिक क्षेत्रमा सक्रिय युवाहरु त्यसविरुद्ध सचेतना अभियानसहित जाग्नुपर्छ ।” लागु औषध दुर्व्यसनका कारण युवाहरुले अकालमै जीवन गुमाउने परेको उल्लेख गर्दै उहाँले यसविरुद्ध सबै एकजुट हुन आग्रह गर्नुभयो ।

उहाँले लागु औषध दुर्व्यसनको सञ्जाल नै खडा गरी व्यापार गर्नेलाई समाजबाट नै बहिस्कार गर्नुपर्ने आवश्यक रहेको बताउनुभयो । यसका लागि कठोर कानून आवश्यक रहेको उहाँको भनाइ थियो ।

त्यस अवसरमा नेकपा माओवादी केन्द्र सांसद गङ्गा कार्की, नेपाली काग्रेसका नेता अजयवावु सिवाकोटी, बिशेष अदालतका उपन्यायाधिवक्ता कृष्णा भण्डारी, पूर्वराजदुत डा विश्वहरि नेपाललगायतले धारणा राख्नुभएको थियो ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर