सडक छेउमा रोकिराखेको ट्रकमा मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु
- भाद्र १६, २०८१ मा प्रकाशित
कासिन न्यूज, काठमाडौं ।
गोदावरी नगरपालिका–१ धनगढी रोड पाठक पेट्रोलपम्प नजिक सडक छेउमा रोकिराखेको ट्रकको पछाडि भागमा मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा धनगढी उपमहानगरपालिका–२ भन्सार रोड बस्ने अन्दाजी २९ वर्षीया कैलाश थापा रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार गए राति अन्दाजी १ः१० बजे धनगढीबाट अत्तरियातर्फ आउँदै गरेको ना४ख ९६३ नम्बरको ट्रकको पछाडि भागमा सोही दिशातर्फ आउँदै गरेको से५प ५८२७ नम्बरको मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालकको शरीरमा गम्भीर चोट लागेको थियो ।
घाइते थापाको उपचारका क्रममा सेती प्रादेशिक अस्पताल धनगढीमा मृत्यु भएको जनाइएको छ । सोही मोटरसाइकल पछाडि सवार धनगढी–२ भन्सार रोडकै भुपेश पालको टाउको र खुट्टामा चोट लागि अवस्था मध्यम रहेको छ । ट्रकसहित चालकलाई प्रहरीको नियन्त्रणमा लिएको छ ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments