साता पहिलो दिन आज नेप्से परिसूचकमा करिब दुई प्रतिशतको गिरावट
- भाद्र १६, २०८१ मा प्रकाशित
कासिन न्यूज, काठमाडौं ।
यो साता कारोबारको पहिलो दिन आज नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचकमा करिब २ प्रतिशतको गिरावट देखिएको छ भने कारोबार रकम पनि घटेको छ । नेप्से परिसूचक ५३ दशमलव ६३ अङ्कले घटेर २ हजार ६ सय ९५ दशमलव ९३ को विन्दुमा कायम भएको हो ।
आज ३ सय ३७ कम्पनीको २ करोड ६२ लाख ४६ हजार ४ सय ३५ कित्ता शेयर १ लाख ३० हजार ६ सय ३२ पटक खरिदबिक्री हुँदा रु १० अर्ब ५१ करोड ७६ लाख ८२ हजार ३ सय ४९ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।
म्युचुअल फण्ड शून्य दशमलव ८० प्रतिशतले बढेको छ भने अरु सबै समूहको उपसूचक घटेको छ । सबैभन्दा बढी वित्त समूह ३ दशमलव ४४, होटल तथा पर्यटन २ दशमलव ९८ र बैंकिङ २ दशमलव ३४ प्रतिशतले घटेको छ । त्यसैगरी, विकास बैंक १ दशमलव ८५, जलविद्युत् २ दशमलव ४०, लगानी १ दशमलव ३३, जीवन बीमा १ दशमलव ४४, उत्पादन तथा प्रशोधन १ दशमलव ८०, लघुवित्त १ दशमलव ८८, निर्जीवन बीमा १ दशमलव २३, व्यापार शून्य दशमलव १९ र अन्य समूह १ दशमलव ०४ प्रतिशतले बढेको छ ।
आज सुपरमाई हाईड्रोपावर लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने पिपुल्स हाईड्रोपावर कम्पनी लिमिटेड र माईखोला हाईड्रोपावर लिमिटेडको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।
कारोबार रकमका आधारमा आज सबैभन्दा बढी गुडविल फाइनान्स लिमिटेडको रु ५२ करोड ३१ लाख १० हजार ४ सय ९२ बराबरको शेयर किनबेच भएको छ । कारोबार भएका शेयर सङ्ख्याका आधारमा सबैभन्दा धेरै सानिमा लार्ज क्याप फण्डको आठ लाख चार हजार आठ सय कित्ता शेयर कारोबार भएको छ ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments