बङ्गलादेशमा बाढीका कारण ५९ जनाको मृत्यु र ५३ लाखभन्दा बढी मानिस प्रभावित
- भाद्र १७, २०८१ मा प्रकाशित
कासिन न्यूज, काठमाडौं ।
बङ्गलादेशमा बाढीका कारण ११ प्रभावित जिल्लामा कम्तीमा ५९ जनाको मृत्यु हुनुका साथै ५३ लाखभन्दा बढी मानिस प्रभावित भएको द डेली स्टारले जनाएको छ ।
द डेली स्टारका अनुसार कम आय भएका किसानहरूले बाली नालीका साथै बाढीका कारण घरलगायत जीविकोपार्जनको आधारसमेत गुमाएका छन् ।
बाढीले आफ्नो माटोको घर बगाएपछि बस्ने ठाउँ नभएकाले छिमेकीकोमा शरण लिनुपरेको मौलवीबाजारको कुलौरा उपजिल्लाको मिरपारा गाउँकी ६५ वर्षीया तबाह नुरुन बेगमले बताउनुभयो
वर्षापछिको बाढीले मनु नदीको किनारमा तटबन्ध भत्किँदा घर पानीमा डुबेकाले हाल बाढीको पानी घटे पनि क्षतिग्रस्त घर फर्कन नसकेको सोही गाउँका अटोरिक्शा चालक सुजान मियाले बताउनुभयो ।
मिरपाराका बासिन्दा जमशेद अलीले एक मात्र आम्दानीको स्रोत तरकारी बगैँचा बगाएकाले परिवार कसरी बचाउने भन्ने चिन्ता भएको उल्लेख गर्नुभयो ।
मौलवीबाजार जिल्ला राहत तथा पुनर्वास अधिकारी मोहम्मद सादु मियाका अनुसार जिल्लामा हालै आएको बाढीबाट करिब आठ हजार सात सय ८६ घर क्षतिग्रस्त भएका छन् ।
उहाँले बाढी पीडितको पुनःस्थापनाको माग गर्दै सम्बन्धित उच्च अधिकारीहरूलाई पत्र पठाएको बताउनुभयो ।
बाढीले घर तथा घरका सबै फर्निचरहरू बगाएकाले मर्मतका लागि पैसा नभएकाले आफ्नो परिवारले आफन्तकोमा शरण लिएको बुरिचाङ उपजिल्लाको मोहिस्मारा गाउँका बासिन्दा एमए आजिमले बताउनुभयो
बुरिचाङ उपजिल्लाकी निर्बाही अधिकारी ९युएनओ० शाहिदा अख्तरले यस क्षेत्रमा करिब ४० हजार घर क्षतिग्रस्त भएको जानकारी दिनुभयो
आइतबार प्रकाशित सरकारी प्रतिवेदनअनुसार बाढीको अवस्था विस्तारै सुधार हुँदै गए पनि सात लाखभन्दा बढी परिवार अझै पनि देशभरि बाढीका काराण विस्थापित छन् ।
चट्टोग्राम, फेनी, खागड़ाचारी, हबिगञ्ज, सिलहट, ब्राह्मणबरिया र कक्स बजारलगायतका जिल्लामा बाढी कम भएको विपद् व्यवस्थापन तथा राहत मन्त्रालयको प्रतिवेदनले जनाएको छ ।
यसैबीच मौलवीबाजारमा बाढीको अवस्था सुधार भएको र कुमिला, नोआखली र लक्षमीपुरमा स्थिति विस्तारै सुधार भइरहेको विज्ञप्तिमा उल्लेख छ ।
प्रतिवेदनमा अनुसार हाल सात लाख पाँचहजार ५२ परिवार अझै पनि डुबानमा परेको प्रतिवेदनमा जनाइएको छ ।
बाढी पूर्वानुमान तथा चेतावनी केन्द्रले आइतबार एक बुलेटिनमा अधिकांश प्रमुख नदीहरूका वहाव घट्दो क्रममा भएकाले देशभरि बाढीको स्थितिमा सुधार आउने सम्भावना रहेको जनाएको छ ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments