आजको प्रतिनिधिसभा : हेर्नुहोस क-कस्ले कुन-कुन विषयमा सरकारको ध्यानाकर्षण गराए
- भाद्र १८, २०८१ मा प्रकाशित
कासिन न्यूज, काठमाडौं ।
‘सुकुम्वासी समस्या जतिसक्दो चाँडो समाधान होस्’
सांसद डिकबहादुर लिम्बूले सुकुम्वासीलाई लालपुर्जा उपलब्ध गराउने विषयलाई जतिसक्दो चाँडो अगाडि बढाउन सरकारसँग माग गर्नुभएको छ । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा उहाँले भन्नुभयो, “यो कांग्रेस–एमालेको सरकार आएपछि लालपुर्जा पाउँछौँ भन्ने सुकुम्वासीले ठूलो आशा गरेका थिए, तर त्यसको प्रक्रिया अहिलेसम्म पनि अगाडि बढ्न सकेको छैन ।”
सांसद तोसिमा कार्कीले सरकारले विपत् व्यवस्थापनसम्बन्धी पूर्व तयारी गर्नुपर्नेमा जोड दिनुभयो । ।
परीक्षामा मानवीय त्रुटि भनेर छुट दिन मिल्दैन
प्रतिनिधिसभाको बैठकमा सांसदहरुले चिकित्सा शिक्षा आयोगले लिएको ‘एमबिबिएस’को प्रवेश परीक्षामा मानवीय त्रुटि भएको विषयमा छुट दिन नहुने र दोषीलाई कडा कारबाही गर्नुपर्ने माग गर्नुभएको छ । प्रतिनिधिसभाको आजको बैठकको आकस्मिक समयमा बोल्दै राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद रोशन कार्कीले उक्त आयोगले प्रवेश परीक्षामा मानवीय त्रुटि भएको भनिए पनि सत्य बुझन जरुरी भएको बताउनुभयो ।
“चिकित्सा शिक्षा आयोगले लिएको प्रवेश परीक्षा त्रुटिपूर्ण भयो भनिएको छ”, सांसद कार्कीले भन्नुभयो, “परीक्षामा मानवीय त्रुटि होइन, दानवीय त्रुटि भएको छ, यस्ता त्रुटि गर्नेलाई कडा कानुनी सजाय दिनुपर्छ ।” उहाँले शिक्षा क्षेत्रको सुधारका लागि सरकारको ध्यानाकर्षण गराउनुभयो ।
नेकपा माओवादी केन्द्र का सांसद देवेन्द्र पौडेलले उच्च शिक्षालाई सुधार्नुपर्नेमा जोड दिनुभयो । उहाँले चिकित्सा शिक्षा आयोगले अङ्कभारको आधारमा विद्यार्थीको नजिता सार्वजनिक गर्नुपर्नेमा रोल नम्बरको आधारमा गरिएकोप्रति सम्बन्धित निकायको ध्यानार्षण गराउनुभयो । “कसरी रोल नम्बरका आधारमा आयो, मानवीय गल्ती भनेर आइरहेको छ, विद्यार्थीको भविष्यसँग जोडिएको विषय हो”, उहाँले भन्नुभयो, “झण्डै तीन हजार विद्यार्थीलाई मेडिकल साईन्सको विषयमा यस्तो गञ्जागोल बनाउन हुँदैन, मेरिटका आधारमा पढ्न पाउने व्यवस्था गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराउन चाहन्छ्ु ।”
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सुमना श्रेष्ठले चिकित्सा शिक्षा आयोगले एमबीबीएसको प्रवेश परीक्षाको नजिता प्रकाशन गरेको विषयमा सम्बन्धित निकायको ध्यानाकर्षण गराउनुभयो । “परीक्षामा भएको प्राविधिक त्रुटि भनेको के हो ? त्यो भविष्यमा दोहोरिन नदिने के गर्नुपर्छ ?”, उहाँले भन्नुभयो, “सबैले परीक्षा दिन काठमाडौँ आउने व्यवस्थाको पनि अन्त्य गर्नुपर्छ, परीक्षामा प्राविधिक त्रुटि भएको भनिएको छ, त्यो के भएको हो ? भावी दिनमा नदोहोरिन के गर्नुपर्छ ?”
आयोगले यही भदौ १ गते परीक्षा लिएर १४ गते निकालेको नतिजाप्रति सांसदहरुले सरकारको गम्भीर ध्यानाकर्षण गराएका हुन् । प्रवेश परीक्षाको नतिजा सार्वजनिक गर्दा योग्यता क्रमको आधारमा गर्नुपर्नेमा त्यसो नगरिनु गम्भीर त्रुटि भएको सांसदहरुको भनाइ छ ।
दुदरा खोलाको पुल निर्माण गर्न सरकारको ध्यानाकर्षण
नेकपा एकीकृत समाजवादी का सांसद कृष्णकुमार श्रेष्ठले पूर्व–पश्चिम राजमार्ग अन्तर्गत पथलैया नजिकै रहेको दुदरा खोलामा निर्माणाधीन पुल ६ वर्षदेखि अलपत्र रहेकाले तत्काल निर्माण गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।
प्रतिनिधिसभाको आजको बैठकको आकस्मिक समयमा बोल्दै उहाँले भन्नुभयो, “पूर्व–पश्चिम राजमार्गकै हालत यस्तो छ भने अन्य ठाउँको हालत के होला, हामी अनुमान गर्न सक्छौँ, दुदरा खोलाको पुल कति दिन, कति महिना वा कति वर्षमा बन्ने हो स्पष्ट जवाफ सम्बन्धित मन्त्रालयले दिनुपर्छ ।”
नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङको अभिव्यक्तिप्रति आपत्ति जनाउनुभयो । सांसद छिरिङल्यामु तामाङले किसानले दुःख गरेर फलाएको स्याउले उचित मूल्य र बजार नपाएको र कर्णालीवासीले सामान्य उपचारसमेत पाउन नसकेको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभयो । अविरल वर्षाका कारण कर्णाली राजमार्ग अवरुद्ध हुँदासमेत सरकारले बेवास्ता गरेको उहाँको गुनासो छ ।
सांसद मनिष झाले धनुषामा एक वर्षदेखि रामदेव मण्डल र उहाँकी श्रीमती आशा देवीको नागरिकता बनाउन सम्बन्धित निकायले अनावश्यक दुःख दिने गरेको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभयो ।
सांसद विनिता कठायतले विगत केही दिनदेखि कर्णाली माजमार्गअवरुद्ध भएको विषयमा सरकारको ध्यानाकर्षण गराउनुभयो । सांसद सर्वेन्द्रनाथ शुक्ला, सन्तोष चालिसे, अम्मरबहादुर थापा, प्रभु शाह र मेटमेणी चौधरीले भ्रष्टाचार अन्त्य गर्नुपर्ने, आपराधिक क्रियाकलापको अन्त्य गर्नुपर्ने लगायतका समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउनुभयो ।
What’s your Reaction?
+1
+1
+1
+1
+1
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments