(नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार

- भाद्र १८, २०८१ मा प्रकाशित


कासिन न्यूज, काठमाडौं ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार देखिएको छ । आज नेप्से परिसूचक ६ दशमलव ९० अङ्कले बढेर २ हजार ८ सय ३० को विन्दुमा कायम भएको हो

आज ३  सय २८ कम्पनीको ३ करोड ५ लाख ९९ हजार ८ सय ९० कित्ता शेयर १ लाख ४४ हजार १ सय ९७ पटक खरिदबिक्री हुँदा रु १३ अर्ब ५७ करोड ७१ लाख ५ हजार बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

आजको कारोबारमा विकास बैंक १ दशमलव ३२, होटल तथा पर्यटन शून्य दशमलव ६५, जीवन बीमा २ दशमलव २८, लघुवित्त शून्य दशमलव ३६ र निर्जीवन बीमा ४ दशमलव ७८ प्रतिशतले बढेको छ । अरु सबै समूहको उपसूचक घटेको छ ।

बैंकिङ शून्य दशमलव ६७, वित्त १ दशमलव ५७, जलविद्युत् शून्य दशमलव ५०, लगानी शून्य दशमलव ४४, उत्पादन तथा प्रशोधन शून्य दशमलव १४, म्युचुअल फन्ड शून्य दशमलव शुन्य ३, व्यापार शून्य दशमलव ४१ र अन्य समूह शून्य दशमलव १८ प्रतिशतले घटेको छ ।

सात कम्पनीको शेयर मूल्यमा आज सकारात्मक सर्किट लागेको छ । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेड, सिन्धु विकास बैंक लिमिटेड, मातृभूमि लघुवित्त वित्तीय संस्था लिमिटेड, ग्रीन डेभलपमेन्ट बैंक लिमिटेड, विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड, मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेड र विन्ध्यबासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको शेयर मूल्य १० प्रतिशतले बढेको हो । सबैभन्दा धेरै घट्नेमा भने हिमालयन पावर पार्टनर लिमिटेडको शेयर मूल्य ८ दशमलव ८६ प्रतिशतले घटेको छ ।

कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडको रु ३४ करोड ७२ लाख २३ हजार २ सय ७३ बराबरको कारोबार भएको छ । कारोबार भएका शेयर सङ्ख्याका आधारमा भने अपि पावर कम्पनी लिमिटेडको ७ लाख ४४ हजार १ सय ५० कित्ता शेयर किनबेच भएको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर