फुटबल प्रशिक्षण केन्द्र निर्माण गर्न एक करोड ३४ लाख ३३ हजार बजेट विनियोजन
- भाद्र १८, २०८१ मा प्रकाशित
कासिन न्यूज, काठमाडौं ।
यहाँको धनगढी उपमहानगरपालिका-१८ फूलबारीमा फुटबल प्रशिक्षण केन्द्र निर्माण गरिने भएको छ । फुटबल प्रशिक्षण केन्द्र निर्माण गर्न धनगढी उपमहानगरपालिका र अखिल नेपाल फुटबल सङ्घ (एन्फा) बीच सम्झौता भएको छ ।
सो ठाउँमा फुटबल प्रशिक्षण केन्द्र निर्माण गर्न पहिलो चरणमा रु एक करोड ३४ लाख ३३ हजार बजेट विनियोजन भएको छ । बजेट विनियोजन भएसँगै एन्फाका अध्यक्ष पङ्कज विक्रम नेम्वाङ र उपमहानगरपालिका प्रमुख गोपाल हमालबीच सम्झौता भएको हो ।
नगरप्रमुख हमालले फूलबारीमा फुटबल प्रशिक्षण केन्द्र निर्माण गर्न दुवै पक्षबीच हस्ताक्षर गरी सम्झौता भएको जानकारी दिनुभयो । उहाँले फूलबारीको डिपो बजार नजिक उपमहानगरपालिकाले उपलब्ध गराएको पाँच बिघा जग्गामा कम्तीमा पाँच हजार दर्शक क्षमताको प्याराफिटसहितको प्रशिक्षण केन्द्र निर्माण गर्ने सम्झौता भएको बताउनुभयो ।
अखिल नेपाल फुटबल सङ्घको यही भदौ ११ र १३ गते बसेको बैठकले कैलालीमा फुटबल प्रशिक्षण केन्द्र निर्माण गर्न बजेट विनियोजन गर्ने निर्णय गरेको थियो । फुटबल प्रशिक्षण केन्द्रले सुदूरपश्चिम प्रदेशबाट फुटबलका नयाँ खेलाडी तथा प्रशिक्षक उत्पादन गर्न महत्वपूर्ण योगदान पु-याउने विश्वास लिइएको छ ।
प्रशिक्षण केन्द्रका भौतिक संरचनाको काम पाँच वर्षमा सम्पन्न गर्ने योजना रहेको छ । अखिल नेपाल फूटबल सङ्घ (एन्फा)ले उक्त प्रशिक्षण केन्द्र १५ वर्ष प्रयोग गरेपछि धनगढी उपमहानगरपालिकालाई हस्तान्तरण गर्नेछ । यहाँ निर्माण हुन लागेको फुटबल प्रशिक्षण केन्द्रमा खेलाडीलाई आवाससहितको सुविधा रहने जनाइएको छ ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments