नेप्से परिसूचक घट्ने क्रम रोकिएन- आज ९० दशमलव ७३ अङ्कको गिरावट

- भाद्र १९, २०८१ मा प्रकाशित


कासिन न्यूज,काठमाडौं ।
पछिल्लो दुई कारोबार दिन उकालो लागेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज उच्च अङ्कले घटे छ । नेप्से परिसूचक ९० दशमलव ७३ अङ्क अर्थात् ३ दशमलव २० प्रतिशतले घटेर २ हजार ७ सय ३९ दशमलव ४६ को विन्दुमा कायम भएको हो ।

आज ३ सय २० कम्पनीको २ करोड ६५ लाख ८४ हजार १ सय ९२ कित्ता शेयर १ लाख ३७ हजार १ सय ६३ पटक खरिदबिक्री हुँदा रु १२ अर्ब ९२ करोड ५६ लाख ८८ हजार २ सय १५ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ । आज सबै समूहको उपसूचक घटेको छ । सबैभन्दा धेरै वित्त समूह ५ दशमलव १५ र होटल तथा पर्यटन समूह ४ दशमलव ७४ प्रतिशतले घटेको छ ।

बैंकिङ ३ दशमलव १७, विकास बैंक २ दशमलव २९, जलविद्युत् ३ दशमलव ५९, लगानी ३ दशमलव ५६, जीवन बीमा ३ दशमलव ७१ र उत्पादन तथा प्रशोधन समूह २ दशमलव ५५ अङ्कले घटेको छ । त्यस्तै लघुवित्त १ दशमलव ३८, म्युचुअल फन्ड १ दशमलव ३७, निर्जीवन बीमा २ दशमलव ७३, व्यापार २ दशमलव ६८ र अन्य समूह ३ दशमलव ३८ प्रतिशतले घटेको छ ।

एक्सेल डेभलपमेन्ट बैंक लिमिटेड, विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड, सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेड र समाज लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने कुमारी इक्विटी फण्डको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।

कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै नेपाल फाइनान्स लिमिटेडको रु ३० करोड ५२ लाख ६१ हजार ३ सय ११ बराबरको खरिदबिक्री भएको छ । कारोबार भएका शेयर सङ्ख्याका आधारमा भने अपि पावर कम्पनी लिमिटेडको ७ लाख १९ हजार ३ सय ३९ कित्ता शेयर किनबेच भएको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर