नेप्से परिसूचक ओरालो यात्रामा : जानकार भन्छन् आईतवार देखि बढ्न सक्छ
- भाद्र २०, २०८१ मा प्रकाशित
कासिन न्यूज, काठमाडौं ।
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक आज १२ दशमलव १० अङ्कले ओरालो लागेर २ हजार ७ सय २७ दशमलव ३६ मा सिमित भएको छ ।
ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक २ दशमलव ३५ अङ्कले ओरालो लागेर ४ सय ८६ दशमलव ३६ मा सिमित भएको छ । कारोबार भएका कूल १३ उपसमूह मध्ये ११ उपसमूहको शेयर मूल्य ओरालो लाग्दा दुई उपसमूहको शेयर मूल्य भने उकालो लागेको छ ।
कूल २ करोड १ लाख ५३ हजार ९ सय ९३ कित्ता शेयर रु ९ अर्ब ६५ करोड १५ लाख १३ हजार २ सय ४६ मूल्यमा कारोबार भएको छ । नेप्सेका अनुसार आत्मनिर्भर लघुवित्तको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ ।
यूनिक नेपाल लघुवित्त ९ दशमलव १४, नेष्डो समृद्धि लघुवित्त ८ दशमलव ४३, अप्प्र हेवाखोला हाइड्रोपावर ७ दशमलव ९२ र गुडविल फाइनान्सका लगानीकर्ताले ७ दशमलव ८३ प्रतिशतले कमाएका छन् । यस्तै, नेपाल फाइनान्स ८ दशमलव ९१, विन्दवासिनी हाइड्रोपावर ५ दशमलव ७७, एनआरएन इन्फास्ट्रक्चर ५ दशमलव शुन्य ३ , न्यादी हाइड्रोपावर ४ दशमलव ८९ र मन्दाकिनी हाइड्रोपावरका लगानीकर्ताले ४ दशमलव ८२ प्रतिशतले गुमाएका छन् ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments