नापतौलमा अनियमितता गर्ने व्यवसायीलाई कारबाही र जरिवाना
- भाद्र २१, २०८१ मा प्रकाशित
कासिन न्यूज, काठमाडौं ।
जनकपुरधाम – गुणस्तर तथा नापतौल कार्यालय जनकपुरधामले तोकिएको मापदण्ड विपरीत जथाभावी ढक र तराजुको प्रयोग गर्ने तथा नापतौलमा अनियमितता गरी ठगीगर्ने १ हजार ७ सय १७ व्यवसायीलाई कारबाही र जरिवानासमेत गरेको छ ।
सो कार्यालयले गत आर्थिक वर्ष २०८०/८१मा एकल एवम् संयुक्त अनुगमन गर्दा कैफियत पाइएपछि कारबाही गरेको जनाएको छ । धनुषा, महोत्तरी, सर्लाही, सिन्धुली तथा रामेछापमा गरी कूल ५ जिल्ला कार्यक्षेत्र रहेको सो कार्यालयले गत आर्थिक वर्षमा उक्त कारबाही गरेको कार्यालय प्रमुख मुकुन्द चौहानले जानकारी दिनुभयो । उक्त अवधिमा कार्यालयले व्यावसायिक कारोवार गर्न ४ सय ४५ जना व्यवसायीलाई नयाँ नापतौल सम्बन्धी अनुमतिपत्र प्रदान गरेको छ ।
कार्यालयबाट प्राप्त विवरणअनुसार गत आर्थिक वर्षमा २ हजार ३ सय ६८ व्यवसायीको नापतौल यन्त्रको जाँच गरेको, १३ जना व्यवसायीलाई नापतौल यन्त्रसम्बन्धी (ढक र काँटा बिक्री) इजाजतपत्र प्रदान गरेको, १ सय ४० पेट्रोलियम पदार्थ बिक्री गर्ने पम्पको जाँच तथा ४ सय ९४ पेट्रोलियम पम्पको नोजल जाँच गरेको कार्यालयका सूचना अधिकारी मनोजकुमार साहले जानकारी दिनुभयो ।
कार्यालयले सो अवधिमा १ सय १६ बेलिब्रिजको जाँच गरेको, १७ पटक डोर सञ्चालन गरेको, एकल अनुगमन ७२ पटक, एकल अनुगमन (फार्म सङ्ख्या) ४ सय ६५, संयुक्त अनुगमन १३ पटक तथा संयुक्त अनुगमन (फार्म सङ्ख्या) १ सय ९ वटा भएको सूचना अधिकारी साहले बताउनुभयो ।
उक्त कारवाही र नापतौल यन्त्रको इजाजतपत्र प्रदान तथा नविकरण बापत् कार्यालयले रु ४० लाख ६७ हजार २ सय ४२ राजस्व सङ्कलन गरेको छ । गत आर्थिक वर्षमा सो कार्यालयको वित्तिय प्रगति ८२ प्रतिशत तथा भौतिक प्रगति ९४ प्रतिशत रहेको छ ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments