एन्फा महिला लिग फुटबल – कोशी प्रदेशले कर्णालीलाई ४–० अन्तरले हरायो
- भाद्र २३, २०८१ मा प्रकाशित
कासिन न्यूज, काठमाडौं ।
राजधानीमा जारी एन्फा महिला लिग फुटबल प्रतियोगितामा कोशी प्रदेशले कर्णाली प्रदेशलाई पराजित गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज भएको खेलमा कोशीले कर्णालीलाई ४–० गोल अन्तरले हराउँदै जित हासिल गरेको हो ।
यससँगै कोशीले तीन खेलबाट नौ अङ्क बटुल्दै अङ्क तालिकाको पहिलो स्थानमा उक्लेको छ । पराजित कर्णालीको भने एक अङ्क छ । यसअघि कोशीले वालिङ नगरपालिकालाई ४–० र बागमती युवा क्लबलाई २–१ ले पराजित गरेको थियो । त्यस्तै यसअघि चन्द्रपुरसँग १–१ को बराबरी खेलेको कर्णालीले वालिङ नगरपालिकासँग ४–० को पराजय ब्यहोरेको थियो ।
आज कोशीको जितमा पूर्णीमा राईले दुई गोल गरिन् भने समीक्षा मगर र प्रतीक्षा राईले समान एक÷एक गोल गरे । कोशीकी पूर्णीमाले खेलको ३४औँ मिनेटमा पहिलो गोल गरिन् । त्यसपछी खेलको ६७औँ मिनेटमा समीक्षाले गोल गर्दै कोशीको अग्रता दोब्बर बनाइन् । त्यसको पाँच मिनेटपछि पूर्णीमाले व्यक्तिगत दोस्रो र टोलीका लागि तेस्रो गोल गरिन् । खेलको ७५औँ मिनेटमा प्रतीक्षाले अर्को गोल थप्दै कोशीले कर्णालीमाथि ४–० को जित निकाल्यो ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments