नेप्से परिसूचक निरन्तर ओरालो – लगानी कर्ता भन्छन् ब्रोकर ब्रोकर मिलेर घटाए

- भाद्र २४, २०८१ मा प्रकाशित


कासिन न्यूज, काठमाडौं ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा पछिल्लो चार कारोबार दिन लगातार गिरावट देखिएको छ । गत साताको बुधबार ९० दशमलव ७३ र बिहीबार १२ दशमलव १० अङ्कले घटेको नेप्से परिसूचक यो साता कारोबारको पहिला दिन हिजो २५ दशमलव ४६ अङ्कले घटेको थियो । पुँजीबजारको ओरालो यात्राले आज पनि निरन्तरता पाएको छ । आज नेप्से परिसूचक ५५ दशमलव ८६ अङ्कले घटेर २ हजार ६ सय ४६ दशमलव ०३ को बिन्दुमा कायम भएको हो । यो २ दशमलव ०६ प्रतिशतको गिरावट हो ।

नेप्से परिसूचक घटेसँगै कारोबार रकममा पनि उल्लेख्य गिरावट देखिएको छ । कारोबार रकम गत असार मसान्तको हाराहारीमा खुम्चिएको छ । आज ३ सय २७ कम्पनीको २ करोड १० लाख ४८ हजार ९ सय ११ कित्ता शेयर १ लाख ११ हजार ९ सय ८६ पटक खरिदबिक्री हुँदा रु. ९ अर्ब ४३ करोड ९१ लाख ६ हजार बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

आजको कारोबारमा सबै समूहको उपसूचक रातो देखिएको छ । सबैभन्दा धेरै होटल तथा पर्यटन समूह २ दशमलव ६७, जीवन बीमा २ दशमलव ४९, निर्जीवन बीमा २ दशमलव ४५, लघुवित्त २ दशमलव ३३, बैंकिङ २ दशमलव २८ र वित्त समूह २ दशमलव २७ प्रतिशतले घटेको छ ।

त्यस्तै विकास बैंक १ दशमलव ८७, जलविद्युत् २ दशमलव ४४, लगानी शून्य दशमलव ३४, उत्पादन तथा प्रशोधन १ दशमलव २५, म्युचुअल फन्ड शून्य दशमलव ९४, व्यापार शून्य दशमलव ३५ र अन्य समूह १ दशमलव ८३ प्रतिशतले घटेको छ । हाथवे इन्भेस्टमेन्ट नेपाल लिमिटेडको शेयर मूल्य आज सबैभन्दा धेरै ८ दशमलव ९८ प्रतिशतले बढेको छ । सबैभन्दा धेरै घट्नेमा भने उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य ७ दशमलव ७८ प्रतिशतले घटेको छ ।

कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै सिइडिबी हाईड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको रु. ३७ करोड ५ लाख ५७ हजार बराबरको कारोबार भएको छ । कारोबार भएका शेयर सङ्ख्याका आधारमा भने हाईड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड प्रमोटर शेयर १३ लाख ८२ हजार ९ सय ६ कित्ता शेयर किनबेच भएको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर