नेप्से परिसूचक लगातार गिरावट, कारोबार ७ अर्बमा खुम्चियो
- भाद्र २५, २०८१ मा प्रकाशित
कासिन न्यूज, काठमाडौं ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक लगातार पाँच कारोबार दिनदेखि घटिरहेको छ । आज नेप्से परिसूचक १३ दशमलव ०९ अङ्कले घटेर २ हजार ६ सय ३२ दशमलव ९४ को विन्दुमा कायम भएको छ ।
आज ३ सय २८ कम्पनीको १ करोड ९० लाख ७७ हजार ५ सय ८३ कित्ता शेयर ९३ हजार ४ सय ५९ पटक खरिदबिक्री हुँदा रु. ७ अर्ब २४ करोड ५५ लाख ६८ हजार ४ सय २१ बराबरको कारोबार भएको छ । आजको कारोबार रकम पछिल्लो करिब दुई महिनायताकै न्यून हो । आजको कारोबारमा ‘सेन्सेटिभ इन्डेक्स’ १ दशमलव ८० र ‘फ्लोट इन्डेक्स’ शून्य दशमलव ९१ अङ्कले घटेको छ ।
आज व्यापार समूह शून्य दशमलव ७९ प्रतिशतले बढेको छ भने अरू सबै समूहको उपसूचक घटेको छ । बैङ्किङ शून्य दशमलव ११, विकास बैङ्क शून्य दशमलव ६९, वित्त शून्य दशमलव ९९, जलविद्युत् शून्य दशमलव ७१, लगानी शून्य दशमलव ५३ र जीवन बीमा समूह शून्य दशमलव ७६ प्रतिशतले घटेको छ । त्यस्तै, उत्पादन तथा प्रशोधन समूह शून्य दशमलव ६८, लघुवित्त शून्य दशमलव ९१, निर्जीवन बीमा शून्य दशमलव ४० र अन्य समूह शून्य दशमलव ४४ प्रतिशतले घटेको छ ।
आजको कारोबारमा मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्यमा सकारात्मक ‘सर्किट’ लागेको छ । सबैभन्दा धेरे घट्नेमा भने सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–३ को शेयर मूल्य ८ दशमलव ८२ प्रतिशतले घटेको छ ।
कारोबार रकम र कारोबार भएका शेयर सङ्ख्याका आधारमा आज सबैभन्दा धेरै हाइड्रो इलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड प्रमोटर शेयर रु. २९ करोड ८१ लाख ५४ हजार बराबरको १६ लाख ६४ हजार ८५ कित्ता किनबेच भएको छ ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments