अन्य हरितगृह ग्याँसको तुलनामा मिथेनको वृद्धि तीव्र : वातावरणीय अनुसन्धानकर्ता
- भाद्र २५, २०८१ मा प्रकाशित
कासिन न्यूज, काठमाडौं ।
वातावरणीय अनुसन्धानकर्ताले मङ्गलबार वायुमण्डलमा तीव्र रुपमा बढिरहेको शक्तिशाली हरितगृह ग्याँस मिथेनका कारण जलवायु लक्ष्य पूरा गर्ने विश्वव्यापी प्रयासलाई खतरामा पार्न सक्ने चेतावनी दिएका छन् ।
“मिथेन अन्य प्रमुख हरितगृह ग्याँसको तुलनामा सापेक्ष रूपमा छिटो बढिरहेको छ र पूर्व–औद्योगिक समयको तुलनामा हाल २.६ गुणा बढी छ”, ग्लोबल कार्बन प्रोजेक्टको तत्वावधानमा अनुसन्धानकर्ताको अन्तर्राष्ट्रिय समूहले वातावरणीय अनुसन्धान पत्रहरूमा प्रकाशित गरेको अध्ययनमा भनिएको छ ।
कार्बन डाइअक्साइडपछि मानव गतिविधिले सबैभन्दा प्रचुर मात्रामा उत्पादन हुने हरितगृह ग्यास मिथेन हो । कृषि, ऊर्जा उत्पादन र जैविक प्रदुषण यसका प्रमुख स्रोतहरू छन् ।
सन् २००० को दशकमा वायुमण्डलमा प्रति वर्ष औसत ६.१ मिलियन टन मिथेन उत्सर्जन हुन्थ्यो । सन् २०१० को दशकमा यो बढेर २०.९ मिलियन टन प्रति वर्ष पुगेको थियो भने सन् २०२० को दशकमा यो ४१.८ मिलियन टन पुगेको छ ।
यसको प्रमुख उत्सर्जक चीन र दक्षिणपूर्वी एसिया हो जसको मुख्य स्रोत कोइला निकासी, तेल र ग्याँस उत्पादनसँग जोडिएको छ ।
बढ्दो मिथेन प्रदूषणले पृथ्वीको औसत तापक्रम पूर्व–औद्योगिक स्तर भन्दा २.० डिग्री सेल्सियसभन्दा बढ्न नदिने विश्वव्यापी प्रयासलाई कमजोर बनाइरहेको छ ।
सन् २०३० सम्म विश्वव्यापी मिथेन उत्सर्जन ३० प्रतिशतले कटौती गर्न युरोपेली सङ्घ र संयुक्त राज्य अमेरिकाले सन् २०२१ मा “ग्लोबल मिथेन प्रतिज्ञा” सुरु गरेका थिए । यसमा १५० भन्दा बढी राष्ट्रले हस्ताक्षर गरेका छन् ।
“ग्लोबल मिथेन प्रतिज्ञाका लक्ष्यहरु प्राप्त गर्नु हाल मरुभूमिमा पानी भेटिनु जत्तिकै कठिन देखिन्छ”, वातावरणीय अनुसन्धान पत्रका प्रमुख लेखक, स्ट्यानफोर्ड विश्वविद्यालयका वैज्ञानिक रोब ज्याक्सनले भन्नुभयो ।
चीन र संयुक्त राज्य अमेरिकाले यस वर्षको अन्त्यमा कार्बनडाइअक्साइड बाहेक अन्य हरितगृह ग्याँससम्बन्धी शिखर सम्मेलन आयोजना गर्ने तयारी गरिरहेका छन् ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments