कासिन न्यूज, काठमाडौं ।
नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सिइयो) दीपकराज जोशीको नियुक्ति कार्यान्वयन नगर्न माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर गरिएको छ ।
प्रमुख कार्यकारी अधिकृतका अर्का प्रतिस्पर्धी धनञ्जय रेग्मीले हिजो जोशीको नियुक्तिलाई कार्यान्वयन नगर्न आदेशको माग गर्दै रिट निवेदन दायर गर्नुभएको हो ।
परीक्षामा आफूले बढी नम्बर प्राप्त गरेपनि वियमविपरीत जोशीलाई नियुक्ति गरिएको उल्लेख गर्दै रिट निवेदनमा बोर्डको निर्णय बदर गरेर आफूलाई नियुक्ति दिलाउन माग गरिएको छ ।
रिट निवेदनमा भनिएको छ, “कानुनतः परीक्षा प्रणालीको नजितामा निर्भर भई नियुक्ति गर्नुपर्नेमा तजबिजि अधिकार प्रयोग गरेर अधिकार क्षेत्र सीमितको आधारमा बदरभागी छ ।”
बोर्ड सञ्चालक समितिको गत बिहीबारको बैठकले जोशीलाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने निर्णय गरेको थियो । उहाँले पदबहाली गरी कामसमेत सुरु गरिसक्नुभएको छ ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments