‘भ्रष्टाचारको चपेटामा देश’ नामक म्यूजिक भिडियो सार्वजनिक
- भाद्र २५, २०८१ मा प्रकाशित
कासिन न्यूज, काठमाडौं ।
‘भ्रष्टाचारको चपेटामा देश’ नामक म्यूजिक भिडियो सार्वजनिक भएको छ । आज यहाँ आयोजित एक कार्यक्रममा हेम–सरिता पाठक फाउन्डेसन नेपाल शाखाले म्युजिक भिडियो सार्वजनिक गरेको हो ।
फाउन्डेसन लामो समयदेखि भ्रष्टाचारविरुद्धको अभियानमा सक्रिय छ । अभियानअन्र्तगत नै उक्त म्युजिक भिडियो बनाइएको फाउन्डेसनका संरक्षक सरिता पाठकले बताउनुभयो ।
त्यसअवसरमा नेपाल सरकारका पूर्वमुख्यसचिव लीलादेवी गड्तौलाले भ्रष्टाचारविरुद्ध सबै एकजुट हुनुपर्ने धारणा राख्नुभयो । हेम पाठकको रचना रहेको गीतमा कुन्ती मोक्तान र शिशिर योगीले स्वर दिनुभएको छ । साथै बिबि अनुरागीको सङ्गीत रहेको गीतको म्युजिक भिडियोको निर्देशन सुदन केसीले गर्नुभएको छ ।
कलाकार मदनकृष्ण श्रेष्ठले भ्रष्टाचार गर्नेलाई सामाजिक रुपमै बहिस्कार गर्नुपर्ने बताउनुभयो । कलाकार किरण केसीले भ्रष्टाचार गर्नेलाई कुनै पनि प्रतिष्ठामा राख्न नहुने धारणा राख्नुभयो । प्राडा सुरेन्द्र केसीले भ्रष्टचार निर्मुल गर्न नीतिगत सुधार ल्याउन आवश्यक रहेको बताउनुभयो । नेता रविन्द्र मिश्रले भ्रष्टाचारलाई जरैदेखि उखेल्न नागरिक सचेत हुन जरुरी रहेको बताउनुभयो ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments