‘डेडिकेटेड’ तथा ट्रङ्क लाइन प्रयोग गरेबापतको शुल्क तत्काल उठाउनुपर्ने माग गर्दै रिट दायर
- भाद्र २६, २०८१ मा प्रकाशित
कासिन न्यूज, काठमाडौं ।
उच्च अदालत पाटनमा ‘डेडिकेटेड’ तथा ट्रङ्क लाइन प्रयोग गरेबापतको शुल्क तत्काल उठाउनुपर्ने माग गर्दै रिट निवेदन दायर गरिएको छ ।
अधिवक्ताहरू यज्ञमणि न्यौपाने, कमलप्रसाद पोखरेल, टीकाप्रसाद ढकाल र दीपक अधिकारीले दायर गर्नुभएको रिट निवेदनमा डेडिकेटेड तथा ट्रङ्क लाइन प्रयोग गरे बापतको शुल्क तत्काल उठाउनुपर्ने माग गरिएको छ ।
रिट निवेदनमा डेडिकेटेड तथा ट्रङ्क लाइन प्रयोग गरेका उद्योग व्यवसायी, संस्था तथा व्यक्तिबाट ट्रङ्क लाइन र डेडिकेटेड फिडर प्रयोग गरे बापतको कानुन बमोजिम बुझाउनुपर्ने भए पनि नेपाल विद्युत् प्राधिकरणको बक्यौता रकम नबुझाउनेगरी मन्त्रिपरिषद्लगायत अन्यबाट भएका गैरकानुनी निर्णय, आदेश, पत्र, पुर्जीलगायत जो–जे छन् सबै बदर हुनुपर्ने माग गरिएको छ ।
नेपाल विद्युत् प्राधिकरणको बक्यौता रकम असुल-उपर गर्नु गराउनु तथा असुलउपर गर्ने गराउने कार्यमा अवरोध नगर्नु, नरोक्नु, रोक्न नलगाउनु भनि परमादेशको आदेश माग रिट निवेदनमा गरिएको छ । साथै कानुनबमोजिमको बक्यौता रकम नतिर्ने तथा तिर्न ढिलाइ गर्ने विपक्षीलाई कानुनबमोजिम कारबाही गर भनी परमादेशको आदेश समेत माग गरिएको छ ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments