स्थानीय प्रशासनले १३ करोड बढीका सामान बरामद
- भाद्र २६, २०८१ मा प्रकाशित
कासिन न्यूज, काठमाडौं ।
भद्रपुर (झापा) – स्थानीय प्रशासनले भन्सार छली भारतबाट भित्र्याइएका रु. १३ करोड ७३ लाख ८९ हजार ३३ बराबरका बिलबिजक नभएका सामान बरामद गरेको छ ।
जिल्ला प्रहरी प्रवक्ता कृष्णकुमार चन्दका अनुसार पछिल्लो ३ वर्षमा जिल्ला प्रहरी कार्यालय र मातहतका निकायबाट खटेको गस्ती टोलीले उक्त मूल्य बराबरको सामान बरामद गरेको हो । गैरकानुनी ढङ्गले पैठारी गरिएका सामानका साथमा ३६ जनालाई पक्राउ गर्नुका साथै ६४ वटा विभिन्न सवारीसाधन नियन्त्रणमा लिइएको छ ।
प्रहरीले आव २०७८/७९ मा रु. ४ करोड ५ लाख ६ हजार १ सय ८१, आव २०७९/८० मा रु. ३ करोड ९८ लाख ३६ हजार ३ सय ६४ र आव २०८०/८१ मा रु. ५ करोड ७० लाख ४६ हजार ४ सय ८८ को भन्सार छलीका सामान बरामद गरेको हो ।
प्रवक्ता चन्दका अनुसार प्रहरीले ३ वर्षमा रु. १ करोड ७८ लाख ९७ हजार ८ सय ४६ मूल्यका ४ हजार २ सय ८९ दशमलव ४१ क्यूबिक फिट अवैध काठ नियन्त्रणमा लिएको छ । प्रहरीले अवैध काठका साथमा ३८ जना मानिस पक्राउ गर्नुका साथै ४९ वटा सवारीसाधनसमेत नियन्त्रणमा लिएको थियो ।
प्रहरीले आव २०७८/७९ मा १ हजार २ सय ६८ क्यूबिक फिट, आव २०७९/८० मा २ हजार ४ सय ७२ क्यूबिक फिट र आव २०८०/८१ मा ५ सय ४९ दशमलव ४१ क्यूबिक फिट काठ नियन्त्रणमा लिएको हो ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments