राजस्व अनुसन्धानले शौर्य सिमेन्ट उद्योगसँग बयान लिने तयारी
- भाद्र २६, २०८१ मा प्रकाशित
कासिन न्यूज, काठमाडौं ।
सिरहा – सिरहाको मिर्चैयास्थित शौर्य सिमेन्ट उद्योगमा विदेशी ब्राण्डको मार्लबोरो चुरोट भेटिएको प्रकरणमा राजस्व अनुसन्धान कार्यालय, इटहरीले उद्योगसँग बयान लिने तयारी गरेको छ ।
उद्योगमा म्याद गुज्रिएका र ‘रि–लेबलिङ’ गरिएका दुई प्रकारका मार्लबोरो चुरोट गत साउनमा जलाइएको र अझै केही चुरोट उद्योगभित्रै रहेको विषयमा समाचार सार्वजनिक भएको थियो । त्यसलगत्तै राजस्वले उद्योगसँग लिखित जवाफ मागेका छन् ।
उद्योगले गत १९ गते राजस्वको पत्रको जवाफ पठाए पनि त्यसमा सन्तुष्ट हुने अवस्था नभएपछि प्रत्यक्ष बयान लिने तयारी गरिएको राजस्व अनुसन्धान कार्यालय, इटहरीले जनाएको छ । “उद्योगबाट आएको जवाफको पनि हामी अध्ययन गर्दैछौँ, राजस्वका प्रमुख खेमराज ओझाले भन्नुभयो, “त्यसले मात्र सन्तुष्ट हुने अवस्था देखिएन । त्यसैले उद्योगसँग बयान लिने तयारी गरिएको छ ।”
उद्योगलाई चाँडै बयानका लागि बोलाउने तयारी भइरहेको प्रमुख ओझाले जानकारी दिनुभयो । उहाँले बढी मूल्यको स्टिकर टाँसेर चुरोट बेची उपभोक्तालाई ठग्नुका साथै राजस्व पनि छली गरिएको देखिएकाले सूक्ष्म रुपमा अनुसन्धानमा जुटेको बताउनुभयो ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments